७ वैशाख २०८१ शुक्रबार
समाज

मितेरी सम्बन्धमा स्थानीय सरकार

जुम्ला– एक महिनाअघि पाल्पाको रिब्दीकोट गाउँपालिकाको टोली जुम्लाको सिँजा गाउँपालिकामा पुग्यो। सिजाको इतिहास बुझ्न र सिजा सभ्यताको अवलोकन भ्रमणमा पुगेको टोली मित्तेरी सम्बन्धमा स्थापित हुन पुग्यो। अहिले मित्तेरी साईनो बमोजिम एक आपसमा समन्वय र सहकार्य चलिरहेको छ। सिँजा गाउँपालिकाका प्रवत्ता नबिन शर्माका अनुसार गाउँपालिका अध्यक्षसहित २६ जनाको टोली जुम्ला पुगेको थियो। टोली रारातालमा पुग्यो, सिजा क्षेत्रको इतिहासको बारेमा दख्खल राख्यो, “उनले भने,“दुई स्थानीय तहबीच मितेरी सम्बन्ध गाँसियो। अहिले राम्रा कामको अनुभव आदानप्रदान भईरहेको छ।”

टोलीलाई आधा घण्टासम्म सिजा सभ्याताका बारेमा सहजीकरण गरिएको थियो। इतिहास केलाउँदै जादा भ्रमणमा आएका अधिकांश जनप्रतिनिधिको पुर्ख्याैली सिँजा नै रहेछ। प्रवत्ता शर्माले भने, “उनीहरुले झन चाख दिएर इतिहास सुन्न थाले। जसको परिणाम स्वरुप दुई गाउँपालिकाले एक आपसमा मित लगाए। सिँजा गाउँपालिकामा रहेका पर्यटकिय गन्तब्यका बारेमा टोलीलाई अवगत गराईयो।” टोलीलाई खस भाषा र सभ्यताका बारेमा जानकारी गरिएको थियो। सिँजा क्षेत्रमा रहेका धार्मिक पर्यटकिय स्थल केदारनाथ, भैरवनाथ मन्दिर, पाँच भाई पाण्डवहरुले निर्माण गरेका देवल, दैलेख दुल्लुको देवल र बुद्बुदीका बारेमा बताइएको थियो। उनले भने, “सिँजा गाउँपालिका ऐतिहासिक, धार्मिक, सास्कृतिक र पर्यटकिय हिसाबले निकै रमणिय ठाउँ भएकोमा निकै खुसी पोखे। अहिले मितेरी सम्बन्धमा हुनु पर्ने काम एक आपसमा समन्वयमा भईरहेको छ।

सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावल मित्तेरी सम्बन्ध बमोजिम एउटा योजना एक आपसमा लिने सहमति भएको छ। सिँजा गाउँपालिकाले एउटा योजना पाल्पा रिब्दीकोटलाई दिने छ। रिब्दीकोटले सिँजा गाउँपालिकालाई। विकास निर्माणदेखि हरेक क्रियाकलापमा एक आपसमा सुझाव सल्लाह साटासाट हुनुका साथै आवश्यक परेमा विकासे अनुगमन पनि मितेरी सम्बन्ध अनुसार नै हुनेछ।

दुबै स्थानीय सरकारले एक आपसमा योजना स्टेमेट मागेर बजेट ब्यवस्था गर्न लागेका हुन्। जुम्ला सिँजामा बन्ने संरचना पाल्पा रिब्दीकोट गाउँपालिकाको नाममा बन्नेछ। पाल्पामा बन्ने योजना जुम्ला सिँजाको नाममा बन्नेछ। स्थानीय सरकारले मितेरी सम्बन्ध स्थापित गरेपछि स्थानीय दंग छन्। उनीहरुले सरकारबीच भएको मितेरी सम्बन्धले यहाँको हरेक विकासमा उर्जा थपेको बताएका हुन। स्थानीय हिक्मत खत्री मितेरी सम्बन्धमा बाँधिने जुम्लामा सिँजा गाउँपालिका पहिलो भएको बताउँछन् । उनले भने, “यी दुई स्थानीय सरकारबीच राम्रो कामको आदान प्रदान हुनेछ। नराम्रो कामको गहिरो समिक्षा हुनेछ। दुबै स्थानीय सरकारले पाँच बर्षको कार्यकालमा समधुर सम्बन्ध कायम राख्नेमा ढुक्क छौं।”

प्रकाशित: १५ वैशाख २०७६ ०७:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App