coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

तलब नदिएपछि जेट एयरवेजका कर्मचारीले गरे आत्महत्या

महाराष्ट्र - आर्थिक संकटका कारण बन्द भएको जेट एयरवेजले तलब नदिएपछि एक कर्मचारीले आत्महत्या गरेका छन्। क्यान्सरबाट पीडित जेट एयरवेजका प्राविधिक ४५ वर्षीय शैलेश सिंहले  महाराष्ट्रको पालघर जिल्लामा रहेको एक भवनबाट हाम्फालेर आत्महत्या गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।

एयरवेज बन्द भएपछि डिप्रेसनका कारण उनले आत्महत्या गरेको समाचारमा जनायएको छ। आर्थिक संकटका कारण बन्द भएको जेटएयरका कर्मचारीले लामो समयदेखि तलब पाएका छैनन्। शैलेशका छोरा पनि जेट एयरवेजमा नै कार्यरत थिए।

प्रकाशित: १५ वैशाख २०७६ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App