टेम्के तुवाचुङ पुरस्कार मुर्तीकार राईलाई

आइतबार, १५ बैशाख २०७६, १२ : १३ नागरिक

खोटाङ– टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले मुर्तीकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गर्ने घोषणा गरेको छ। जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुदलगायतका क्षेत्रमा बिशेष योगदान पु-याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष प्रदान गरिने पुरस्कार यस वर्ष मुर्तीकार राईलाई प्रदान गर्न लागिएको टेम्के तुवाचुङ प्रतिष्ठानले जनाएको छ।

मुर्ती तथा प्रतिमा निर्माण गरेर देश बिदेशमा ख्याती कमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका मुर्तीकार राईलाई आगामी बैशाख २१ गते केपीलासगढी गाउँपालिकाको बाक्सिला बजारमा हुने पाँचौं बार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए।

मुर्ती तथा प्रतिमा निर्माणका माध्यमबाट देश विदेशसम्म नेपाली समाज र संस्कृतिको प्रचार–प्रसारमा योगदान पु-याएकामा मुर्तीकारलाई ११ हजार १ सय ११ रुपैयाँ राशीको पुरस्कार साथमा ताम्रपत्र प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। लामो समयदेखि मुर्ती, प्रतिमा निर्माण एबं हस्तकला सम्बन्धी काम गर्दै आएका मुर्तीकार राईले स्वदेश तथा विदेशबाट विभिन्न सम्मान तथा पुरस्कार पाइसकेका छन्। राईले निर्माण गरेका मुर्ती तथा प्रतिमा देशका विभिन्न जिल्लासहित भारतको सिक्किम, हङकङमासमेत स्थापना गरिएको छ।

हङकङमा बसोबास गरिरहेका नेपाली साहित्यकारको पहलमा २०७० सालमा स्थापना गरिएको २ लाखको अक्षय कोषबाट प्रतिष्ठानले बिभिन्न विद्याका प्रतिभालाई बार्षिक रुपमा पुरस्कृत गर्दैआएको जनाएको छ। यसअघि २०७२ सालमा कवि चन्द्र रानोहँछा, २०७३ सालमा सितोरियो करातेका खेलाडी सञ्जयकुमार राई र २०७४ सालमा गायिका राधा राईले टेम्के तुवाचुङ प्रतिभा पुरस्कार पाइसकेका छन्।

प्रतिष्ठानको वार्षिकोत्सवमा गायक तथा संगीतकार पदम थुलुङ राईले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका विभिन्न ठाउँबाट संकलन गरिएको किराती लोपोन्मुख भाका प्रस्तुत गर्ने छन्। यस्तै, ‘अलग अभियान’को साहित्यिक, साईनो कला केन्द्रको सांगीतिक र खोटाङ डान्स क्र्युको नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ। अधिकांश कार्यक्रम साविकको सदरमुकाम केन्द्रित हुने गरेकामा प्रतिष्ठानले विभिन्न पालिकामा पुगेर बार्षिकोत्सव गर्दै आएको छ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad