coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खुकुरीको धारमा हिँडिरहेछु: प्रधानमन्त्री दाहाल (भिडियो)

काठमाडौ–प्राधानमन्त्री पुष्पकमल दाहालले आफु खुकुरीको धारमा हिंडिरहेको बताएका छन्। प्रधामन्त्री दाहालले आफ्नो सरकार गठन भएको पहिलो दिनबाट नै आफु र आफ्नो पार्टीविरुद्ध पुराना संसदबादी तथा राजाबादीहरुले झुटको खेती गरेको आरोप लगाए।  राजधानीमा आज आयोजीत नेकपा माओवादी केन्द्र तथा नेकपा माओवादी विद्रही बिचको एकता समारोहलाई सम्बोधन गर्दै उनले भने ‘अहिले म खुकुरीको धारमा हिडेको छु,  म पहिलो पल्ट प्रधानमन्त्री हुदाँको भन्दा अहिलेको अवस्था फरक छ।' उनले आफ्नो सरकारले विगतका सरकारका कारण लड्खडाएको विदेश नितीलाई सन्तुलनमा ल्याएको समेत बताए।

‘अहिले म खुकुरीको धारमा हिडेको छु,  म पहिलो पल्ट प्रधानमन्त्री हुदाँको भन्दा अहिलेको अवस्था फरक छ।' उनले आफ्नो सरकारले विगतका सरकारका कारण लड्खडाएको विदेश नितीलाई सन्तुलनमा ल्याएको समेत बताए।

दाहालले एक प्रसंगमा नेताहरु काठमाडौं केन्द्रीत भएकोमा असन्तुष्टि व्यक्त गरे। उनले नेताहरुलाई गाउँ फर्काउने बजेट ल्याउने तयारीमा सरकार रहेको बताए। प्रधानमन्त्री दाहालले भने ‘ हाम्रा नेताहरु काठमाडौँ केन्द्रित भए उनीहरु गाउँ तथा जनताको घरघरमा भन्दा सिंहदरबारमा रहेको मन्त्रालय धाउन थाले त्यसैले सरकारले उनीहरुलाई गाउँ फर्काउन पुरक बजेट ल्याउँदै छ। अहिले सम्म कुनै सरकारले दिन नसकेको रकम गाउँ विकासका लागि पठाउने तयारीमा सरकार रहेको दहालले दावी गरे। प्रधानमन्त्री दाहालले यसका लागि आफुले अर्थमन्त्री तथा योजना आयोगका प्रमुख लगायतका सरोकारवालाहरुसँग छलफल गरिसकेको बताए।

उनले आफुसमक्ष असन्तुष्ट मधेसी लगायतका विभिन्न समूहको मागलाई संविधानमा संसोधान गर्ने चुनौती रहेको र यस चुनौतीलाई पुरा गर्दै संविधान कार्यान्वयनको बाटोमा लाने बताए।  उनले दश वर्षे जनयुद्धको नेतृत्व तथा शान्ती प्रक्रियाको समेत नेतृत्व गर्दै गणतन्त्र नेपालकै पहिलो प्रधानमन्त्री बन्न पाएकाले आफू भाग्यमानी रहेको समेत बताए।

हेर्नुस् भिडियोः

 

प्रकाशित: ५ कार्तिक २०७३ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App