coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

बलिउड चलचित्र गुड न्यूजको रिलिज हुने मिति सार्वजनिक

काठमाडाैँ - बलिवुड अभिनेता अक्षय कुमार र अभिनेत्री करीना कपूर खान स्टारर चलचित्र गुड न्यूजको रिलीज हुने मिति तोकिएको छ। चलचित्र यही वर्ष २७ डिसेम्बरमा रिलिज हुने तयारी भएपछि मिति सार्वजनिक गरिएको हो।

पाठकहरुलाई जानकारी  होला की यसै दिन सुपरस्टार सलमान खानको जन्मदिन पनि परेको छ। धर्मा प्रोडक्शनको यो चलचित्र रिलिज हुने मितिदेखि ठीक एक साता अघि सलमान खानको चलचित्र भारत पनि रिलिज हुनेछ। चलचित्र गुड न्यूजको  रिलिज हुने मिति स्वयम अक्षय कुमारले नै सर्वाजनिक गरेका छन् ।

अक्षयले आफ्नो आधिकारिक इंस्टाग्राम अकाउंटमा पोस्ट गरी चलचित्र रिलिज हुने मितिको जानकारी गराएका थिए।
अक्षय कुमार र करीना कपूर खान यो चलचित्रमा १० वर्षपछि एकै साथ अभिनय गरेका छन। यसअघि यीनीहरु सन् २००९मा रिलिज भएको चलचित्र कमबख्त इश्कमा एकैसाथ काम गरेका थिए।

प्रकाशित: १५ वैशाख २०७६ ०५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App