coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत

काठमाडौँ– नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन्।

थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन्। फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भए। उनले पहिलो सेट १५–२१ अङ्कले तथा दोस्रो सेट १३–२१ अङकले गुमाएको बैङ्ककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए।

यसअघि शनिबार भएको सेमिफाइनलमा प्रिन्सले भारतीय खेलाडी विकास यादवलाई २–० सोझो सेटमा हराएका थिए। उनले २१–९ र २१–१३ अङ्कले उक्त खेल जित्दै फाइनमा स्थान बनाएका थिए। विभिन्न उमेर समूहको उक्त प्रतियोगितामा २२ देशका खेलाडीको सहभागिता रहेको छ। प्रिन्सले गत वर्ष असोजमा युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईमा सम्पन्न ‘दुबई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यू–१५ मा इन्डोनेशियका खेलाडीलाई पराजित गरी उपाधि जितेका थिए।

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो। सो प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इन्डोनेशिया, स्विडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी थिए। रासस

प्रकाशित: १५ वैशाख २०७६ ०५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App