४ वैशाख २०८१ मंगलबार
समाज

गुल्मीमा झाडापखालाबाट १ जनाकाे मृत्यु, १ सय ७० बढी बिरामी

गुल्मी– गुल्मीको मुसिकोट नगरपालिका–४ दजाकोटमा आइतबारदेखि फैलिएको झाडापखालाबाट एक बालकको ज्यान गएको छ।

ज्यान जानेमा स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयमा कक्षा– ६ मा अध्यनरत १२ वर्षीय रेशम सिंजाली रहेको स्थानीय हरि छन्त्यालले जानकारी दिए।  झाडापखालाबाट बालककी हजुरआमा र आमा पनि बिरामी परेका छन्। उनीहरुको अहिले गुल्मी अस्पतालमा उपचार भैरहेको छ। दजाकोटमा झाडापखालाको प्रकोपबाट आइतबार बिहानसम्म बिरामी हुनेको  संख्या १ सय ७० पुगेको उपचारमा संलग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिए।

प्रकाशित: १५ वैशाख २०७६ ०५:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App