coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

चट्याङ लागेर एक महिलाको मृत्यु

खोटाङ– चट्याङ लागेर खोटाङमा एक महिलाको मृत्यु भएको छ। शनिबार साँझ वर्षासँगै परेको चट्याङले रावाबेँसी गाउँपालिका–३ लामीडाँडाका ४५ वर्षीया कमला श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार खड्काले बताए। घरैमा बसिरहेको अवस्थामा परेको चट्याङका कारण गम्भीर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकी पु-याउने मृत्यु भएकाे थियाे।

चट्याङका कारण स्थानीय धनकुमारी श्रेष्ठ घाइते भएकी छन्। बेहोस अवस्थामा स्वास्थ्यचौकी लगिएकी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार भएपछि घर फर्किएको प्रहरी निरीक्षक खड्काले बताए।

प्रकाशित: १५ वैशाख २०७६ ०४:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App