८ वैशाख २०८१ शनिबार
खेल

न्यु डायमन्डमाथि पुलिस विजयी

काठमाडौं –  उषा भण्डारीले यादगार प्रदर्शन गरेपछि नेपाल पुलिस क्लबले होङ्गाजी न्यु डायमन्डलाई हराउँदै पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रअन्तर्गत कभर्डहलमा शनिबार  सम्पन्न खेलमा  समूह ‘बी’ को पुलिसले न्यु डायमन्डलाई ३–१ ले हराएको हो।  पुलिसले सुरुआती दुई सेटमा अग्रता लिँदा न्यु डायमन्डले तेस्रो सेटमार्फत पुनरागमन गर्ने प्रयास गरे पनि सफल हुन सकेन।

पुलिसले सुरुआतदेखि नै न्यु डायमन्डमाथि दबाब बनाउँदा उषा भण्डारीले १८ स्कोर गरिन्। उषाले स्पाइकबाट १६ स्कोर प्राप्त गर्दा ब्लक र सर्भिसबाट समान एक स्कोर निकालिन्। न्यु डायमन्डलाई हराउन पुलिसकी कोपिल उप्रेतीले पनि स्पाइकबाट १५ स्कोर तथा सर्भिस र ब्लकबाट समान एक स्कोर निकाल्दै आफ्नो टोलीलाई पहिलो सफलता दिलाउन मद्दत गरिन्।

पहिलो दिन नै दोस्रो खेल खेलेको न्यु डायमन्डका खेलाडी पुलिसविरुद्धको खेलमा थकित देखिएका थिए। तर, न्यु डायमन्डकी प्रतिभा मालीले १६ स्कोर गरे पनि आफ्नो टोलीको हार टार्न सकिनन्। सुरुआतदेखि नै दबाब महसुस गरेको न्यु डायमन्डले पहिलो सेट २५–२३ र दोस्रो २५–१७ ले गुमायो। तर, तेस्रो सेट भने  २५–१६ ले आफ्नो बनाउँदै पुनरागमन गर्ने संकेत ग-यो।

निकै रोमाञ्चक बनेको चौथो सेट पनि न्यु डायमन्डले २५–२२ ले गुमाएसँगै पुलिसलाई खेल सुम्पियो। उषा वुमन अफ दी म्याच घोषित भइन्। यससँगै पुलिसले बलियो न्यु डायमन्डलाई हराउँँदै तीन टोली सम्मिलित समूहमा विजेता बन्ने सम्भावना बलियो बनाएको छ। सोही दिनकै पहिलो खेलमा न्यु डायमन्डले पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघलाई सोझो सेटमा हराउँदै समूहको आफ्नो खेल पूरा गरेको छ।

प्रतिभा माली एक्लैले २८ स्कोर गर्दा न्यु डायमन्डले पश्चिमाञ्चलमाथि २५–१४, २५–२२ र २५–१३ को सहज जित निकाल्यो। पश्चिमाञ्चलका लागि अरुणा शाहीले ८ स्कोर गरे पनि आफ्नो टोलीलाई हारबाट जोगाउन सकिनन्। हारपछि न्यु डायमन्डका प्रशिक्षक कुमार राईले आफ्ना केही खेलाडीको आइतबार बोर्ड परीक्षा भएकाले पूर्ण रूपमा खेलमा केन्द्रित हुन नसकेको बताए।

‘प्रतिभालगायत केही खेलाडीको आइतबार परीक्षा छ,’ प्रशिक्षक राईले भने, ‘जसले खेलाडीमा केही मानसिक दबाब पनि रह्यो।’ पुलिसका प्रशिक्षक रूपेश विष्टले टिमवर्क राम्रो बन्न सकेकाले जित प्राप्त भएको उल्लेख गरे। ‘हाम्रा सबै खेलाडीले उत्तिकै मिहिनेत गर्दै स्कोर ल्याए,’ प्रशिक्षक विष्टले भने, ‘हामीले आशा गरेअनुरूप उषा भण्डारीले पनि राम्रो गर्न सकिन्। त्यसैले महŒवपूर्ण जित निकाल्न सक्यौं।’

सोही दिन भएको तेस्रो खेलमा समूह ‘ए’ को त्रिभुवन आर्मी क्लबले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–६, २५–९, २५–७ ले सहजै पराजित ग¥यो। आर्मीको जितमा मनीषा खाँड वुमन अफ दी म्याच चयन भइन्। आर्मीले सो समूहको अन्तिम खेल एपिएफसँग आइतबार खेल्नेछ। एपिएफले आइतबार नै दोस्रो खेल जावलाखेलसँग खेल्नेछ। समूह ‘बी’ को अन्तिम खेलमा पश्चिमाञ्चलले पुलिससँग खेल्नेछ।

शनिबारदेखि सुरु भएको प्रतियोगिता लिग कम नकाउटका आधारमा सञ्चालन भइरहेको छ। साबिक विजेता एपिएफ, आर्मी र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र समूह ‘ए’ मा तथा नेपाल पुलिस, होङगान्जी न्यु डायमन्ड र पश्चिमाञ्चल समूह ‘बी’ मा छन्। प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। 

प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले जनही १५÷१५ हजार प्राप्त गर्नेछन्। विधागत उत्कृष्टतर्पm स्पाइकर, सेटर, ब्लक, डिफेन्स, क्विकर, सर्भर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। वुमन अफ दी म्याचलाई नगद ५ हजार रुपैयाँसहित आर्कषक ट्रफीले पुरस्कृत गर्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टोलीका खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अन्य ३ तीन टोलीका प्रशिक्षक, कप्तान र व्यवस्थापकका लागि फाइनल खेलपश्चात् अन्नपूर्ण होटलले रात्रिभोजको सौजन्य गरेको छ। खेलाडीलाई प्रोत्साहनस्वरूप प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्मृति स्पेसल अवार्ड विजेतालाई सुलक्स सेन्टरबाट ३० हजार रुपैयाँबराबरको टिसट घडी प्रदान गरिनेछ।

दरबारमार्गस्थित द रिगल इंकले प्रथम हुने टिमका सम्पूर्ण सदस्यलाई करिब ५ लाखबराबरको १५ थान सुट पिस प्रायोजन गरेको छ। प्रतियोगिताको उदीयमान खेलाडी तथा शेरबहादुर खड्का स्पेसाल अवार्ड विजेता खेलाडीद्वयले बुद्ध एयरबाट सौजन्य गरिएको माउन्टेन फ्लाइट टिकट प्राप्त गर्नेछन्। पुलिसले बलियो न्यु डायमन्डलाई हराउँँदै तीन टोली सम्मिलित समूहमा विजेता बन्ने सम्भावना बलियो बनाएको छ।

प्रकाशित: १५ वैशाख २०७६ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App