coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लौनचौरलाई उपाधि

काठमाडौं - आयोजक नेपाल सितोरियो कराते संघ शाखा डोजो लैनचौरले शनिबार छैटौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि जितेको छ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगितामा लैनचौरले ५ स्वर्ण, ५ रजत र ८ कांस्य पदक जित्यो। ४ स्वर्ण, २ रजत र २ कांस्यका साथ मनमहेश्वरी दोस्रो भयो। तेस्रो स्थानको ब्लेसले ४ स्वर्ण र ४ कांस्य हात पा-यो। विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य दावा गुरुङ र नेपाल कराते महासंघका महासचिव हरिशरण केसीलगायतले पुरस्कृत गरे। यसअघि प्रतियोगिताअन्तर्गत स्कुलतर्फ १० स्वर्ण, १२ रजत र २ कांस्य जित्दै न्यु लिरा टिम च्याम्पियन बनेको थियो।

 

प्रकाशित: १५ वैशाख २०७६ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App