६ वैशाख २०८१ बिहीबार
अर्थ

रिद्धि सिद्धिद्वारा निर्माणकर्मी भेला

काठमाडौं – शंकर गु्रपको उत्पादन रिद्धि सिद्धिको आयोजनामा निर्माणकर्मी समक्ष प्राविधिक ज्ञान प्रस्तुत गर्ने उद्देश्यले एक बृहत् अन्तरक्रिया भएको छ।

वीरगन्जमा भएको कार्यक्रममा सहभागी निर्माणकर्मीमाझ रिद्धि सिद्धि सिमेन्टको प्राविधिक पक्षको विस्तृत जानकारी सहितको प्रस्तुतीकरण पेस गरिएको थियो।

रिद्धि सिद्धि सिमेन्टका सहायक ब्रान्ड म्यानेजर अनुज महतले यस सिमेन्टको उपयोगिता, उचित प्रयोग तथा विशेषताको साथै सिमेन्टको उत्पादन प्लान्टमा प्रयोग गरिएका प्रविधिबारे बताएका थिए। संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधियुक्त प्रक्रियाद्वारा उत्पादित उक्त सिमेन्टको गुणस्तरमा जोड दिएको जारी विज्ञप्तिमा उल्लेख छ।

उनले थप प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भिआरएम), एफएल स्मिथको रोबो ल्याब सिस्टम, सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलोपटक प्रयोग गरिएको लेजर सिल प्याकेजिङ लगायत विभिन्न प्रविधिबारे विस्तृत जानकारी दिए।

 

प्रकाशित: १५ वैशाख २०७६ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App