७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपाल बैंक लिमिटेड र रिलाएबल लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं – नेपाल बैंक लिमिटेड र रिलाएबल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बिमा सेवामा सहकार्यसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

हस्ताक्षर कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेल, संस्थागत योजना तथा अनुसन्धान विभागका मुख्य प्रबन्धक लेखनाथ भुसाल, रिलाएबलका प्रबन्धक युवराज शर्मा, कर्पोरेट मार्केटिङका वरिष्ठ अधिकृत ज्योतिनिधि तिवारी लगायतको उपस्थिति रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ वैशाख २०७६ ०२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App