coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सोलुदुधकुण्डलाई ‘एम्बुलेन्स’

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिकालाई सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाको सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ। नगरपालिकाको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा सोलुखुम्बु विकास समाजका संस्थापक अध्यक्ष उत्तम गुरुङले मेयर नाम्गेल जाङबु शेर्पालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन्।

राजस्व छुटसहित करिब १० लाख ५० हजार रुपैयाँमा खरिद गरिएको एम्बुलेन्स जिल्लावासीलाई सहज होस् भन्ने हेतुले प्रदान गरिएको समाजका निवर्तमान अध्यक्ष टिआर खालिङले बताए। संस्थापक अध्यक्ष उत्तम गुरुङले सोलुखुम्बुबाट रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेकाहरूको सहयोगले एम्बुलेन्स खरिद गरिएकाले दिगो सञ्चालनका लागि आग्रह गरे।

हस्तान्तरण कार्यक्रममा सोलुखुम्बु सेवा समाज, दक्षिण कोरियाका सल्लाहकारद्वय नन्द गुरुङ र नन्द बस्नेत, निवर्तमान सचिव गणेश राई, सोलुदुधकुण्ड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको सहभागिता रहेको थियो।

प्रकाशित: १५ वैशाख २०७६ ०१:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App