coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नागरिकताका विषयमा सरकारविरुद्ध संयुक्त प्रदर्शन गरिने

बनेपा- नेकपा मालेका महासचिव सिपी मैनालीले वामपन्थी शक्ति र प्रजातान्त्रिक शक्ति मिलेर राष्ट्रियता, सिमाना , नागरिकतालगायतका विषयमा सरकारको ध्यानाकर्षण गर्नका लागि केही दिनमा नै संयुक्त विरोध प्रदर्शन गर्ने बताएका छन्।

शनिबार नेकपा मालेको काभ्रेपलाञ्चोक जिल्ला भेला कार्यक्रममा उनले वर्तमान नेकपा नेतृत्वको सरकारले राष्ट्रवादका नाममा लम्पसारबाद लागू गरेको आरोप लगाउँदै त्यसका विरुद्धमा विरोधका कार्यक्रम गर्न लागिएको जानकारी गराए।

उनले सङ्घीयता पहिचानका आधारमा हुनुपर्ने भएकाले प्रदेशको नामकरण गर्दा जातीय पहिचान र उनीहरुको सांस्कृतिक सभ्यताकोसमेत सम्मान गर्नेगरी हुनुपर्ने धारणा राखे।

कार्यक्रममा सो पार्टीको पोलिटब्यूरो सदस्य एवं प्रदेश नं ३ का इञ्चार्ज कृष्ण रानाले हेपाइ खाएकाको उद्धारका निम्ति पार्टी निरन्तर आन्दोलनमा रहेको बताए। सो भेलाले राजन घिसिङको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ। रासस

प्रकाशित: १४ वैशाख २०७६ १५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App