coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बन्दुक बनाउँदै गरेका सापकोटा पक्राउ

ताप्लेजुङ- ताप्लेजुङ प्रहरीले पश्चिमी क्षेत्रको सावादिन गाँउ विकास समितिबाट भरुवा बन्दुक बनाई रहेको अवस्थामा एकथान भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ।

चाँगे २ तिलवारी घर भई सावादिन गाविस वार्ड नं ६ मा डेरा गरी बस्ने ४३ बर्षिय दुर्गाप्रसाद सापकोटा(विक)लाई भरुवा बन्दुक र यस संग संवन्धित उपकरण सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख, प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए। सावादिन वार्ड नं ६ का खड्गबहादुर खड्काको घरमा डेरा गरी बस्ने विकका साथबाट प्रहरीले भरुवा बन्दुकको बट १ थान,फलामको नाल एक थान र औजार एकथान समेत बरामद गरेको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका बिक बारे अनुसन्धान जारी रहेको समेत प्रनाउ केसीले जानकारी दिए।

 

  

प्रकाशित: ५ कार्तिक २०७३ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App