पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल

शनिबार, १४ बैशाख २०७६, १७ : २६ नागरिक

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

नेपाल भलिबल सङ्घले ललितपुरको लगनखेलमा आजदेखि शुरु गरेको महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले भने, 'नेपाली महिला खेलाडी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेका छन्, खेलकूद क्षेत्रमा नेपाली महिलाको योगदानले देशको शीर उच्च भएको छ।'

केही महिनाअघि विराटनगरमा भएको साफ महिला फुटबल प्रतियोगितामा नेपाली महिला टोलीको प्रदर्शनले यस विषयलाई प्रमाणित गरेको उनको भनाइ थियो। पूर्वप्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रमा राज्यले आवश्यक लगानी गर्नुपर्नेमा जोड दिए।

दाहालले आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेकाले यस पटकको बजेटमा समेत भलिबललाई आवश्यक बजेट छुट्ट्याउन पहल गर्ने बताए। नेपाल भलिबल सङ्घले यसैवर्ष अन्तर्राष्ट्रियस्तरको महिला भलिबल आयोजना गरेकामा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। रासस








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad