८ वैशाख २०८१ शनिबार
समाज

ताँजाकोटमा अज्ञात राेगका कारण ९ जनाकाे मृत्यु

ताँजाकाे गाउँपालिकाकाे स्वास्थ्य चाैकीमा जाँच गर्न अाएका बिरामी

हुम्ला - हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण आज थप १ जनाको मृत्यु भएको छ। योसहित ताँजाकोटमा मर्नेको संख्या ९ पुगेको छ भने  भने २ दर्जनभन्दा बढी बिरामी परेका छन्। आज मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर १ जिमाना गाउँका का ५५ बर्से वीरदल रिठाल रहेका छन्।

रोग पहिचान नभए पनि ज्वरो आउने, छाति दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने गरेको गाउँपालिका अध्यक्ष बागदल मल्लले जानकारी दिए।

गाउँपालिकामा रहेका स्वास्थ्य चौकीमा भएको औषधि सकिएको छ। गाउँपालिकाले सञ्चालन गरेका फर्मेसीको औषधिसमेत वितरण गरिएको छ। औषधि र स्वास्थ्यकर्मी अभाव हुन अभाव हुन नदिन र रोकथामका लागि प्रदेश सरकारले औषधिसहितको टोली शनिबार घटनास्थल पठाएको छ। एक साताअघि पानी परेपछि अज्ञात रोग भित्रिएको स्थानीयले बताएका छन्। रोगका कारण मर्नेको संख्या बढ्न सक्ने चिकित्सकहरुले बताएका छन्।

मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार र १० महिनाका बालक सञ्जिव थापाको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्यचौकीका अहेब जैशीले जानकारी दिए।

रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालित

एक सातामै अज्ञातले ताँजाकोटका १, २ र ३ वडामा ९ जनाको ज्यान गएपछि ताँजाकोट गाउपालिका र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मि परिचालन गरिएको छ। सो क्षेत्रमा जनस्वास्थ्य शिविर संचालन भएको र विशेषज्ञ चिकित्सक  सतिहको टोली रोग प्रभावित क्षेत्रमा पुगिसकेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद अधिकारीले बताए।

स्वास्थ्यकर्मीलाई जिल्ला नछोड्न उर्दी

रोग फैलिएर यसले ठूलो रुप लिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लाले स्वास्थ्यकर्मीलाई जिल्ला नछोड्न निर्देशन दिएको छ। कुनै पनि पालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव हुन नदिन गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय र कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अनुरोध गरेको र रोगको अवस्थाबारे ल्याब परीक्षण गर्न कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट विशेषज्ञ सहितको टोली सम्बन्धित स्थलका लागि हिँडिसकेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।

 

प्रकाशित: १४ वैशाख २०७६ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App