पब्जी र टिकटक : रमाइलो मात्र

शनिबार, १४ बैशाख २०७६, १५ : २० मुकुन्द घिमिरे  | @@GhimireFlopped

‘भर्चुअल दुनियाँमा आफै पसे जस्तो लाग्छ, त्यही भएर पनि धेरै रमाइलो हुन्छ,’ छ महिनादेखि पब्जी खेल्दै आएका बिएस्सी पढ्ने हेमन्त न्यौपानेले भने, ‘निरन्तर झुकेर खेल्नुपर्ने भएकाले गर्धनचाहिँ दुख्छ।’ गेममा ग्राफिक्स राम्रो भएकाले खेल्न रमाइलो हुने उनी बताउँछन्।

इलामका आशीष खत्री पब्जी खेल्दै गर्दा फोन आए उठाउँदैनन्। त्यस्तै, गेमको चक्करमा तातो भात खान नभ्याएकोे अनुभव छ २१ बर्से अशेष गिरीको पनि। उनीहरूले पब्जी खेल्न थालेपछि अन्त मन नजाने, समय बितेको थाहा नहुने, पढाइ र काममा फोकस हुन नसकिएको बताए। 

‘टिकटक’ प्रयोगकर्ताहरूको अवस्था पनि मोबाइलमा पब्जी खेल्नेको भन्दा फरक छैन। उनीहरूको पनि अधिकांश समय टिकटकमै खर्च हुन थालेको छ। कलंकी बस्ने सरिता गहतराजले टिकटक प्रयोग गर्न थालेको १ वर्ष भयो। दिनमा ४ देखि ५ घण्टा उनी टिकटकमै बिताउँछिन्। ‘राम्रो भिडियो बनाउन त कहिलेकाहीँ दिन नै जान्छ,’ उनले भनिन्, ‘टिकटक भिडियो बनाउन छुट्टाछ्ट्टै मेकअप र ड्रेस चाहिन्छ।

पछिल्लो समय डिजिटलाइजेसन बढ्दै जाँदा त्यसको असर पनि देखिन थालेको छ। एकातर्फ युवा पुस्ताले मनोरञ्जनको श्रोतका रुपमा डिजिटल प्लेटफर्ममा घुल्न थालेका छन् भने अर्कोतर्फ भर्चुअल दुनियाँमा युवा पुस्ता भुलिनु भविष्यका लागि राम्रो नभएको भन्ने तर्कहरू पनि अघि आउन थालेका छन्।

त्यसपछि पनि धेरै पटक खिचेपछि मात्र चित्तबुझ्दो भिडियो बन्छ।’ तर टिकटकको सकारात्मक पक्ष पनि रहेको उनको अनुभव छ। उनले भनिन् ‘यसमा सिर्जनात्मक भिडियोहरू पनि हुन्छन्, सदुपयोग गर्न सके राम्रो प्लेटफर्म हुन सक्छ।’

पछिल्लो समय डिजिटलाइजेसन बढ्दै जाँदा त्यसको असर पनि देखिन थालेको छ। एकातर्फ युवा पुस्ताले मनोरञ्जनको श्रोतका रुपमा डिजिटल प्लेटफर्ममा घुल्न थालेका छन् भने अर्कोतर्फ भर्चुअल दुनियाँमा युवा पुस्ता भुलिनु भविष्यका लागि राम्रो नभएको भन्ने तर्कहरू पनि अघि आउन थालेका छन्।

त्यसो त विश्व स्वास्थ्य संगठनले आईसीडी सेक्सन ११ मा गेमिङ डिसअर्डर भनेर रोगकै रुपमा पनि भर्चुअल दुनियाँको लतलाई व्याख्या गरिएको छ। पछिल्लो समय नेपालमा पब्जीमाथि प्रतिबन्ध लाग्यो। वास्तवमा मोबाइलमा पब्जी खेलेकै कारण युवापुस्ता बिग्रिएको भन्ने व्यापक गुनासो आएपछि प्रहरीकै पहलमा पब्जीमाथि प्रतिबन्ध लाग्यो। तर, प्रतिबन्ध लागेको केही दिनमै सर्वोच्च अदालतले फुकुवा गरिदियो।

पोर्नोग्राफीलाई बढाउँदै लगेको भन्दै भारतमा त टिकटकमाथि त्यहाँको अदालतले प्रतिबन्ध नै लगाएको थियो। तर, यो प्रतिबन्ध लामो समय टिकेन। गत बुधबार मद्रास उच्च अदालतले यसमाथिको प्रतिबन्ध फुकुवा गरिदिएको छ। एकातर्फ स्वतन्त्रताको कुरा उठ्ने गर्छ भने अर्कोतर्फ सामाजिक व्यवहार र लतको।

प्रविधिको युगमा प्रविधिबाटै निरपेक्ष रहन पनि सम्भव देखिँदैन। यहाँ प्रश्न प्रविधि उपभोगको सीमामा आएर ठोकिन्छ। विशेषगरी डिजिटल प्लेटफर्मका यस्ता एप्लिकेसनहरू विवादित बन्दै जानुको पछाडि यसले निम्ताउने सामाजिक असर नै मुख्य कारण देखिन्छ।

कम्युनिकेसन एन्ड इन्फरमेसन टेक्नोलोजीविज्ञ तथा नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बा यस्ता डिजिटल लतबारे नेपालमा पर्याप्त अनुसन्धान नै भइनसकेको बताउँछन्। यस्ता डिजिटल क्षेत्रका केही सकारात्मक पक्ष पनि छन्। भर्चुअल नै सही टिम बनाउने, दिमाग र हातको प्रयोग, सिर्जनात्मक कला, मनोरन्जनात्मक पक्षलगायत क्षेत्रमा युवापुस्तालाई फाइदा पनि हुने गरेको डा. सुब्बाको ठहर छ।

तर, यसका नकारात्मक पक्षबारे पनि सचेत हुनुपर्ने उनले सुझाए। डिजिटल एडिक्सनले मानिसलाई एक्ल्याउँदै लैजाने, असामाजिक बनाउने, वास्तविक जीवनका घटनालाई फेस गर्न नसक्ने जस्ता समस्या पनि आउने सुब्बाको बुझाइ छ। ‘प्रविधि न्युट्रल हुन्छ, तर डिजाइनकर्ता र प्रयोगकर्ताबाट प्रविधिको दुरुपयोग हुन सक्छ।’ सुब्बाले थपे, ‘किशोरवस्थामा प्रविधिबारे गलत र सही दुवै असरबारे सिकाउन आवश्यक छ।’

आफ्नो सहजताका लागि अभिभावकले आफ्ना बालबालिकालाई मोबाइल फोन दिएर तर्किने प्रवृत्तिले पनि डिजिटल एडिक्सनलाई बढावा दिएको उनको ठहर छ। उत्सुकताले प्रयोग गर्न थालेर विस्तारै डिजिटाइजेसनको लतमा मानिस पर्दै जाने बताउँछन्, मनोविद् तथा द स्कुल अफ साइकोलोजी नेपालका अध्यक्ष डा नरेन्द्रसिंह ठगुन्ना।

विशेषगरी बालबालिकाले अभिभावकबाट पर्याप्त समय नपाउँदा डिजिटल एडिक्टेड हुने गरेको मनाेविद्हरू बताउँछन्। त्यसमा पनि एकपछि अर्को टार्गेट पछ्याउने क्रममा युवाहरूले भर्चुअल दुनियाँमा एडिक्टेड हुनेगरेको ठगुन्नाकाे भनाइ छ। ‘एक हप्तामा ४०/४५ घण्टा भन्दा बढी डिजिटल प्लेटफर्ममा रहने व्यक्ति समस्यामा छ भन्ने बुझ्नुपर्छ,’ ठगुन्नाले भने, ‘डिजिटल एडिक्सनले व्यक्तिगत सम्बन्धमा समस्या, अनिँदोपन, असामाजिक व्यवहार, डिप्रेसनलगायत आत्महत्यासम्म हुन सक्ने सम्भावना निम्त्याउँछ।’

यसका लागि डिजिटल सामग्री प्रयोगको सीमामा ध्यान दिनुपर्ने उनको भनाइ छ। डिजिलाइजेसनले कतिलाई मार्गप्रशस्त गरेको छ भने कयौंलाई डिप्रेसनको बाटोमा पनि डोहो-याएको छ। एकातर्फ युवापुस्तालाई मनोरञ्जन दिलाएको छ भने अर्कोतर्फ लत बनाउँदै लगेको छ। यस्तोमा दोषारोपणमा उत्रनुभन्दा पनि प्रविधि उत्पादक, उपभोक्ता, सरकार, अभिभावक लगायतले प्रविधि उपभोगको सीमाबारे सचेत बन्न आवश्यक देखिन्छ।

 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad