coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गाउँपालिकालाई सुझावको ओइरो

पाल्पा– स्थानीय तहमा जनतालाई नियमित, भरपर्दा, विभेदरहीत र आवश्यकताको आधारमा सेवा प्रवाह गर्न सेवाग्राहीले सुझाएका छन्। अनुदान वितरण, विकास निर्माण तथा अन्य कार्यक्रममा राजनीतिक रूपमा विभेद नगर्न सेवाग्राहीले सुझाव दिएका हुन्।

रैनादेवी छहरा गाउँपालिकाले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनताले जनप्रतिनिधि सुविधाभोगी बन्दै गएको आरोप लगाए। स्थानीय मोहनीलाल पोखरेलले गाउँपालिकाको सवारी तथा इन्धनको बढी प्रयोग हुने गरेको गुनासो राखे। बस्तीबस्तीबाट योजना संकलन नगर्दा योजना एकपक्षिय रूपमा सञ्चालन भएको स्थानीय शिवप्रसाद न्यौपाने बताउँछन्। सार्वजनिक सुनुवाईलाई वडावडामा पनि सञ्चालन गर्नुपर्ने उनले बताए। 

यस्तै महेश बरालले सम्पूर्ण पार्टीहरुलाई समेटेर काम गर्न सुझाए। उनले गाउँपालिकामा धेरै बेरुजु रहेको भन्दै यस्तो किसिमको कार्यहरुमा ध्यान दिनुपर्ने बताए। नेकपामा नेता मानबहादुर थामीले बल्ढेङगढी, सत्यवती र जुठापौवामा भेदभाव गरेर टिन वितरण गरिएको बताए। 

रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले अहिलेसम्म काम गर्दा विभेद नगरेको र सकेसम्म समेटेर लगेको बताए। अध्यक्ष कार्कीले आफू राजनीतिक व्यक्ति भएता पनि निष्पक्ष भएर काम गर्ने गरेको बताए।

उनी भन्छन्, ‘हामी कुनै पनि बाहानानमा जनताभन्दा टाढा हुन सक्दैनौं। उज्यालो रैनादेवी बनाउने अभियानमा छौं। बस्तिस्तरबाट योजना छनौट गरी कार्यान्वयन गर्ने कुरामा प्रतिवद्धता व्यक्त गर्दछु।’ 

अध्यक्ष कार्कीले गाउँपालिकाले हालसम्म २९ वटा कानून निर्माण गरिसकेको बताए। ‘यस वर्ष सकिएन भने अर्को वर्ष योजना पार्ने गरी पनि काम गरेको छु,’ उनले भने, ‘नागरिकलाई विभेद गर्ने नीति छैन। रैनादेवी छहराका सबै नागरिक बराबर हुन्।’ 

 

प्रकाशित: १४ वैशाख २०७६ ०८:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App