coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

'छक्का पञ्जा' को बेलायतमा नयाँ रेकर्ड

लन्डन- चलचित्र ‘छक्का पञ्जा’ ले बेलायतमा ३० लाख रुपैयाँको व्यापार गरेको छ। बेलायतमा नेपाली चलचित्रले गरेको व्यापार अहिलेसम्मकै ठूलो रकम भएको वितरक कम्पनी नेप्लिज इन्टरटेन्मेन्ट यूकेका वीरेन खड्कले बताए। उनका अनुसार ‘छक्का पन्जा’ ले करिब ३० लाख रुपैयाँ बेलायतमा मात्र संकलन गर्न सफल भएको हो।

सेन्ड्रस, स्वीन्डन, उलवीच, ग्रीनफोर्ड, अल्डरशट, केन्टलगायतका शहरमा गरिएको प्रदर्शनमा दर्शकको उपस्थिति बाक्लो थियो । ‘निकै राम्रो रेस्पोन्स आइरहेको छ’, खडकाले भने, ‘विभिन्न सिटीमा बस्ने दर्शकले चलचित्र आफ्नो शहरमा पनि ल्याइदिनु पर्यो भनेर आग्रह गरेका छन् । अब स्कटल्याण्ड र वेल्सका दर्शकको मागअनुसार छक्का पञ्जाको प्रर्दशनीको तयारीमा छौ, खड्काले भने । उनले फेलथाम, अक्फोड, टिटोट र क्याटरिक क्षेत्रमा प्रर्दशनीको तयारी भइरहेको जानकारी दिए।

विदेशको ब्यस्ताका बीच बेलायतमा समेत व्यापारमा कृतिमान राख्न सफल भएको सुन्दा निकै खुशी लागेको निर्देशक दीपाश्री  निरौलाले बताइन। उनले निकै ठूलो च्यालेन्ज लिएर एकल ब्यानरमा निर्माण गरिएको चलचिलले सोचेभन्दा बढी सफलता पाएको प्रतिकृया दिइन्। आगामी मंसिरपछि मात्र अर्को चलचित्र निर्माणका लागि छलफल थाल्ने निर्देशक निरौलाले नागरिकलाई जानकारी दिइन्।

 

 

 

 

प्रकाशित: ५ कार्तिक २०७३ ०८:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App