८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मोदीको सम्पत्ति विवरणः ४५ ग्रामका चार औँठी, बचत खातामा चार हजार

नरेन्द्र मोदी वाराणासीबाट लोकसभा चुनावका लागि उम्मेद्वारी दर्ता गराउँदै। तस्बिर/एजेन्सी

काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका छन्। उनकाे कूल चल–अचल सम्पति २ करोड ५१ लाख ३६ हजार १ सय १९ रुपैयाँ देखिएको छ। मोदीले शुक्रबार भारतीय निर्वाचन आयोगमा गुजरातको गान्धीनगरमा आवासीय घर, १ करोड २७ लाख बचत (आवधिक बचत) र ३८ हजार ७ सय ५० नगदसहित साढे दुई करोड सम्पत्ति रहेको विवरण बुझाएका हुन्।

उनले बुझाएको विवरण उल्लेख गर्दै भारतीय सञ्चार माध्यम द वायरले लेखेको छ, उनले सन १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए (डिग्री) गरेका छन्। समाचार अनुसार उनले सन १९७८ मा दिल्ली विश्वविद्यालयबाट कलामा स्नातक तथा १९६७ मा गुजरात बोर्डबाट एसएससी परीक्षा उत्तीर्ण गरेको उल्लेख छ।
प्रधानमन्त्री मोदीले १.४१ करोड बराबरको चल सम्पत्ति तथा १.१ करोड बराबरको अचल सम्पत्ति रहेको उल्लेख गरेका छन्। मोदीले टैक्स सेभिङ इन्फ्रा ब्रान्डमा २० हजार, राष्ट्रिय बचत प्रमाणपत्र (एनएससी) मा ७.६१ लाख तथा एलआईसी पोलीसीमा १.९ लाख रुपयाँ लगानी रहेको उल्लेख गरेका छन्।

उनको बचत खातामा बाँकी ४ हजार १ सय ४३ रुपैयाँ छ। उनीसँग सुनका चार औठी रहेको उल्लेख छ। जसको तौल ४५ ग्राम छ। यसको मुल्य १.१३ लाख पर्ने बराबर पर्छ। उनीसँग गान्धीनगरको सेक्टर १ मा ३ हजार ५ सय ३१ ब्र्ग फिट जग्गा छ। विवरणअनुसार यसको अनुमानित मुल्य १.१ करोड मानिएको छ। जसमा उनको जग्गामा भएको घर पनि सामेल छ।

उनले सरकारी तलब र बैकबाट प्राप्त ब्याजलाई आयस्रोतका रुपमा उल्लेख गरेका छन्। उनले बुझाएको विवरणमा पत्नी  जशोदाबेनको आयस्रोत र पेशा भने उल्लेख गरेका छैनन्। उनीमाथि कुनै आपराधिक मुद्दा छैन र कुनै सरकारी रकम तिर्न बाँकी पनि छैन।
लगातार दुईपटक लोकसभामा चुनाव लडिरहेका मोदीले सन २०१४ मा बुझाएको विवरणमा कुल १.६५ करोड सम्पत्ति रहेको उल्लेख थियो। हल उक्त सम्पत्ति करिब १ करोडले बढेर ढाई करोड पुगेको छ।

प्रकाशित: १४ वैशाख २०७६ ०६:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App