अन्तर्राष्ट्रिय ब्याडमिन्टन : नेपालका प्रिन्स सेमिफाइनलमा

शनिबार, १४ बैशाख २०७६, १२ : १४ नागरिक

काठमाडौँ– नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाईअन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’को ब्वाइज यु–१७ को सेमिफाइनलमा प्रवेश गरेका छन्। जितसँगै उनले अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा पदक जित्ने पक्का भएको छ।

आज सम्पन्न क्वाटरफाइनल खेलमा प्रिन्सले थाइल्याण्डका नाटथप्पे श्रीउनलकलाई २–० सोझो सेटमा पराजित गरेका हुन्। प्रिन्सले पहिलो सेट २१–१३ अङ्कले तथा दोस्रो सेट २१–१४ अङ्कले जितेका हुन्। उनले सेमिफाइनलमा आज साँझ भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्ने बैंककमा रहेका प्रिन्सका व्यवस्थापक कमलेश निरौलाले जानकारी दिए।

यसअघि प्रिन्सले शुक्रबार क्वाटरफाइनलमा फ्रान्सका लानिर एलेक्स मिचेललाई २१–१९ र २३–२१अङ्कले पराजित गरी अन्तिम आठमा स्थान बनाएका थिए। प्रिन्सले यसअघि पहिलो चरणमा जापानका खेलाडीलाई २१–९ र २१–६ अङ्कले, दोस्रो चरणमा थाइल्याण्डका खेलाडीलाई २१–७ र २१–८ अङ्कले, तेस्रो चरणमा मलेसियाका खेलाडीलाई २१–१०, १७–२१ र २१–११ अङ्कले तथा चौथो चरणको खेलमा थाइल्याण्डका खेलाडीलाई २१–१० र २१–१३ अङ्कले पराजित गरेका थिए।

प्रिन्सले गतवर्ष असोजमा युनाइटेड अरब इमिरेट्सको दुवईमा सम्पन्न‘दुवई जुनियर इन्टरनेशनल सिरिज’अन्तर्गत पुरुष यु–१५ को उपाधि जितेका थिए। अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितमा नेपाली खेलाडीले पाएको यो नै अहिलेसम्मको ठूलो सफलता हो। उनले इण्डोनेशियाका खेलाडी क्रिस्टियनअगस्टिनलाई २१–११ र २१–११ अङ्कले पराजित गरेका थिए।

उक्त प्रतियोगितामा भारत, पाकिस्तान, युएई, साउदी अरब, इण्डोनेशिया, स्वीडेन, बेलायत, केन्या, इजिप्ट, बहराइन र अल्जेरियाका खेलाडी सहभागी थिए। प्रिन्सले हालै प्रदेश नं ५ मा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा कास्य पदक जितेका थिए। रासस





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad