coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जन्ती र गाउँलेबीच झडप, तीन जना घाइते

सर्लाही - सदरमुकाम मलङ्गवामा शनिवार बिहान बिवाहका जन्ती र स्थानीय गाउँलेबीच झडप हुँदा तीन जना घाइते भएका छन्। झडपमा जन्तीतर्फका महोत्तरीको रामगोपालपुर नगरपालिका–९ का ३२ वर्षीय देवेन्द्र अधिकारी, ५८ वर्षीय राजकिशोर साह र ३२ वर्षीय अरुणकुमार साह घाइते भएका हुन्। उनीहरुको जिल्ला अस्पताल मलङ्गवामा उपचार भैरहेको प्रहरीले जनाएको छ।

मलङ्गवा नगरपालिका–१ मा जन्ती आएका मानिसले पानी माग्दा नदिएको निहुमा झडप भएको र घटनामा संलग्न रहेका स्थानीय एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले जानकारी दिए।

शनिवार बिहान साँढे २ बजेतिर जन्ती र गाउँलेबीच झडप हुनासाथ प्रहरी घटनास्थलमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाइ गरी स्थिति नियन्त्रणमा लिएको डिएसपी राठौरले बताए। सदरमुकाम मलङ्गवामा जन्ती आएका मानिस र गाउँलेबीच यसरी पटक–पटक झडप हुने गरेको छ। अत्याधिक मदिरा सेवनका कारण बारम्बार झडप हुने गरेको नागरिक अगुवाहरुले बताएका छन्।

प्रकाशित: १४ वैशाख २०७६ ०५:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App