coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

यी हुन् आइपिएलमा सबैभन्दा बढी विकेट लिने पाँच खेलाडी

लक्ष्मण ओझा

विश्वको सर्वाधिक प्रतिष्ठित फ्रेन्चाइच क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)को १२ औं संस्करण भारतमा चलिरहेको छ। आठ टिम सहभागी प्रतियोगितामा विश्वभरका ‘सर्वश्रेष्ठ’ खेलाडी खेलिरहेका छन्। त्यसैले प्रतियोगितामा सर्वाधिक रन बनाउनु अथवा विकेट लिनु खेलाडीका लागि उपलब्धीपूर्ण मानिन्छ।

यी हुन् आइपिएलमा सर्वाधिक विकेट लिने पाँच खेलाडी
लासिथ मालिंगा
आइपिएलमा सर्वाधिक विकेट लिने कीर्तिमान मुम्बई इण्डियन्सका लासिथ मालिंगाको नाममा छ। उनले ११६ इनिङबाट १६२ विकेट लिइसकेका छन्। उनले एक पारीमा एक पटक पाँच विकेट र चार पटक चार विकेट लिएका छन्। उनी सन् २००९ देखि आइपिएल खेलिरहेका छन्।

अमित मिश्रा
आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्, दिल्ली क्यापिटलका अमित मिश्रा। १४२ खेल खेलेका मिश्राले १५० विकेट लिएका छन्। उनले एक पारीमा एक पटक पाँच विकेट र तीन पटक चार विकेट लिएका छन्। उनी सन् २००८ देखि आइपिएल खेलिरहेका छन्।

पियुस चावला
आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको तेस्रो स्थानमा छन्, कोलकाता नाइट राइडर्सका पियुस चावला। उनले १५४ इनिङ खेलेर १४९ विकेट लिएका छन्। उनले एक पारीमा दुई पटक चार विकेट लिएका छन्। उनी पहिलो संस्करणदेखि आइपिएल खेलिरहेका छन्।

ड्वेन ब्राभो
आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको चौथो स्थानमा छन्, चेन्नई सुपर किंग्सका ड्वेन ब्राभो। उनले १२५ इनिङ खेलेर १४५ विकेट लिएका छन्। उनले एक पारीमा दुई पटक चार विकेट लिएका छन्। उनी सन् २००८ देखि आइपिएल खेलिरहेका छन्।

हरभजन सिंह
आइपिएलमा सर्वाधिक विकेट लिने खेलाडीको पाँचौँ स्थानमा छन्, चेन्नई सुपर किंग्सका हरभजन सिंह। उनले १५१ इनिङ खेलेर १४३ विकेट लिएका छन्। उनले एक पारीमा एक पटक चार र एक पटक पाँच विकेट लिएका छन्। उनी सन् २००८ देखि आइपिएल खेलिरहेका छन्।

प्रकाशित: १४ वैशाख २०७६ ०१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App