४ वैशाख २०८१ मंगलबार
खेल

धरान फुटबल क्लब विजयी

दमक - झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकप फुटबलमा शुक्रबार च्यासल युथलाई हराउँदै धरान फुटबल क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

च्यासललाई १–० गोल अन्तरले पाखा लगाउँदै धरान क्वार्टरफाइन प्रवेश गरेको हो। क्वाटरफाइनलमा धरानले विभागीय टोली त्रिभुवन आर्मी क्लबको चुनौती सामना गर्नेछ। धरानले गोलका लागि ८१औं मिनेटसम्म पर्खनुपरेको थियो। धरानका मिलन राईले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको गोल नै निर्णायक बन्यो।

राईले विदेशी खेलाडी अनिफोवासेको पासमा मैदानको मध्यभागबाट बल अगाडि बढाउँदै सानदार गोल गरेका थिए। च्यासलविरुद्ध रक्षात्मक खेलेको धरानका मिलन राईले ६६औं मिनेटमा पेनाल्टीक्षेत्रबाट गरेको प्रहार बार नजिकैबाट बाहिरियो। ७५औं मिनेटमा धरानका विदेशी खेलाडी अनिफोसेले च्यासलका गोलरक्षक दिनेश थापामगर बिट भइसकेको अवस्थामा गरेको प्रहार आकासियो।

निर्धारित ९० मिनेटभित्र च्यासलले बललाई आफ्नो पकडमा राख्न सफल भए पनि एक दर्जन जतिको प्रहार गोलमा परिणत गर्न सकेन। च्यासलको २ वटा सशक्त प्रहार भने बारमा लागेर फर्किए भने अन्य प्रहारले सहि दिशा लिन सकेन। खेलको २० मिनेटमा च्यासलका लागि विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार बारमा लागेर फर्कियो। २१औं मिनेटमा ओइमीकै अर्काे प्रहार पोस्ट नजिकैबाट बाहिरियो।

२२औं मिनेटमा च्यासलका विदेशी खेलाडी अर्मान्ड व्युडनले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार धरानका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे। लगातार विपक्षीको आक्रमण बेहोरेको धरानले त्यसपछि सम्हालिने प्रयास गरे पनि अग्रपंक्ति फितलो हुँदा स्कोर गर्न सकेको थिएन। ८४औं मिनेटमा च्यासलका ओएमीले गरेको प्रहार पोष्टमा लागेर बाहिरिँदा बराबरी गर्ने अवसरबाट वञ्चित भयो। निर्णायक गोल गरेका धरानका राई म्यान अफ दी म्याच घोषित भए।

धरानले गोलका लागि ८१औं मिनेटसम्म पर्खनुपरेको थियो। धरानका मिलन राईले मैदानको मध्यभागबाट एकल प्रयासमा गरेको गोल नै निर्णायक बन्यो।

प्रकाशित: १४ वैशाख २०७६ ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App