७ वैशाख २०८१ शुक्रबार
समाज

हुम्लामा अज्ञात रोगबाट ८ जनाको मृत्यु

हुम्ला– अज्ञात रोगका कारण हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ।  

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा नम्बर १ का ७० बर्षिया कुशुमा रीठाल र ६० बर्षिया सुरजीत खड्का, वडा नम्बर २ का ५५ बर्षिय रंगे कोली र ५ बर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० बर्षिया अम्मकली मल्ल, ७५ बर्षिया बज्जीरे सुनार, ५५ बर्षिया लक्ष्य सुनार र १० महिनाका बालक सन्जीब थापा रहेको मेला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए। 

रोग पहिचान नभए पनि ज्वरो आउने, छाति दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए। 

एक हप्ता अगाडि पानी परेपछि अज्ञात रोगका कारण मान्छेको मृत्यु हुन सुरु भएपनि रोग पहिचान गर्न सकिएको छैन। गाउँमा सिजनल फुल्वु हुनसक्ने शंका गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु शाहीले बताए। 

अज्ञात रोगका कारण १ जनाको चैत २६ गते र अन्यको बैशाखमा गरी अहिलेसम्म ८ जनाको मृत्यु भएको र स्वास्थ्य चौकीमा पर्याप्त मात्रामा औषधि नभएको र भएको पनि सकिएको अहेव जैशीले बताए। मृत्यु हुने सबैमा श्वासप्रश्वास र दमको समस्या रहेको उनको भनाई छ। 

घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोष टाढा भएकोले महामारी हो या सिजनल फुल्वु हो भन्ने जानकारी नभएको र मृत्युको कारण पत्ता लाग्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले प्रहरी चौकी मैला र जिल्ला स्वास्थ्य कार्यालयबाट सत्यतथ्य बुझ्ने काम भइरहेको बताए। 

अहिले पालिकामा रहेका स्वास्थ्य चौकीमा भएको औषधि सकिएर पालिकाले संचालन गरेको फार्मेसीको औषधि समेत बितरण गरी सकेकोले औषधि र स्वास्थ्यकमीणर््को अभाब हुन नदिन तथा उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइहरेको ताँजाकोट गाउँपालिकाका अध्यक्ष मल्लले बताए।

प्रकाशित: १३ वैशाख २०७६ १५:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App