८ वैशाख २०८१ शनिबार
समाज

अख्तियारद्वारा घुससहित पक्राउ

वीरगञ्ज- अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले आज वीरगञ्जको प्रतीमा चोक नजिक रहेको शिखर इन्सुरेन्स कम्पनी लिमिटेडमा दुई जनालाई घुससहित पक्राउ गरेको छ। अख्तियारको टोलीले सेवाग्राहीसँग काम गराइदिने भन्दै लिएको रु ३१ हजार नगदसहित काउन्टरमा रहेका रोशन रौनियार र सुनिल यादवलाई नियन्त्रणमा लिएको हो।

उक्त टोलीले सो काउन्टरमा रहेका महत्वपूर्ण कागजात नियन्त्रणमा लिनुका साथै यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिका फाइल नियन्त्रणमा लिएको जनाएको छ। रौनियार र यादवले गत फागुन १८ गते हुने स्काभेटरको ट्रायलमा पास गराइदिने भन्दै रु ७० हजार घुस लिएका थिए।

ट्राइलमा फेल भएपछि सारुले अख्तियारमा उजुरी दिएको सो कार्यालयका निमित्त प्रमुख रामअयोधी रामले बताए। पक्राउ गरिएका दुवैलाई बरामद भएको रकम र कागजातसहित आवश्यक कारवाहीका लागि हेटौँडा लगिएको छ।

प्रकाशित: १३ वैशाख २०७६ १४:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App