६ वैशाख २०८१ बिहीबार
खेल

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

काठमाडाैं- नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ।

यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत, बङ्गलादेश, मरिसस, ताञ्जानिया, वेष्टइन्डिज, जिम्बाबे, कङ्गो, बेलायतलगायतको सहभागिता रहने छ। ‘चाइल्ड रिच नेपाल र स्ट्रीट वाल नेपाल’को समन्वयमा हुने सो प्रतियोगितामा नेपालबाट चार महिला र चार पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने शुक्रवार यहाँ आयोजित पत्रकार सम्मेलनमा स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक छितिज बस्नेतले जानकारी दिP।

सहभागी खेलाडीमा महिलातर्फ निशा राई, रुपा श्रेष्ठ, सङ्गीता थापामगर र रिता गौतम तथा पुरुषतर्फ सन्देश सुनार, सन्देश छतकुली, रवीन्द्र गुरुङ र विनोद परियार छन्। राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र कलाकार हरिवंश आचार्यले टोलीलाई सफलताको शुभकामना दिए। उनीहरुले उक्त प्रतियोगितामा पाएको अवसरलाई सदुपयोग गर्न खेलाडीलाई आग्रह गरे।

स्ट्रीट वाल नेपालका कार्यक्रम व्यवस्थापक बस्नेतले विश्वकपमा नेपालले फाइनलसम्मको यात्रा तय गर्ने विश्वास व्यक्त गरे। उक्त प्रतियोगिताका लागि नेपाली टोलीले दुई महिना अभ्यास गरेको थियो। आठ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली यही वैशाख १७ गते लण्डन प्रस्थान गर्ने छ।

प्रकाशित: १३ वैशाख २०७६ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App