coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आफू पराजित भए चुनावी नतिजा बहिस्कार गर्ने ट्रम्पको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीकाका उमेद्वार रहेका डोनाल्ड ट्रम्पले आफू पराजित भए चुनावी नतिजा बहिस्कार गर्ने घोषणा गरेका छन्। ओहायोमा आयोजित चुनावी सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले आफूमाथि षड्यन्त्र भैरहेको भन्दै चुनावी नतिजा निग्पक्ष आउनेमा आफू विश्वस्त नभएको बताए।

ट्रम्पले भने- 'चुनावी नतिजा निष्पक्ष आउनेमा म विश्वस्त छैन। त्यसैले मेरो विपक्षमा चुनावी नतिजा नआए सो नजिता स्वीकार गर्दिन।' तर ट्रम्पले नजिता निष्पक्ष भएमा आफूले सहजै नजिता स्वीकार गर्ने बताए।

यसअघि बुधबार सम्पन्न एक टेलिभिजन बहसमा टेलिभिजनका प्रस्तोताले उनलाई सोधेका थिए- 'हिलारी क्लिन्टनसँग पराजित भए के गर्नुहुन्छ?' ट्रम्पले समय आएपछि मात्र यसबारे आफ्नो धारण सार्वजनिक गर्ने बताएका थिए।

अमेरिकामा नोभेम्बर ८ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ। 

प्रकाशित: ५ कार्तिक २०७३ ०५:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App