७ वैशाख २०८१ शुक्रबार
प्रवास

राजनीतिक प्रतिशोध साँधियो: राजदूत कोइराला

काठमाडौं– कतारका लागि नेपाली राजदूत प्रा. रमेश कोइरालाले राजनीतिक प्रतिशोध साँध्दै आफूलाई सरकारले फिर्ता बोलाएको प्रतिक्रिया दिएका छन्। 

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको पालामा कांग्रेसको कोटाबाट कतारका लागि कोइराला राजदूतमा नियुक्त भएका थिए। तर उनलाई केपी ओली सरकारले फिर्ता बोलाएको हो।

सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै राजदूत कोइरालाले नागरिक न्युजसँग भने,'नेपाल र नेपाली कामदारको हितमा काम गर्दागर्दै सरकारले राजनीतिक पूर्वाग्रह राखेर मलाई फिर्ता बोलायो।’

कामदारको परिश्रमिक, सेवा सुविधामा वृद्धि, दुई देशको सम्बन्धलाई विगतभन्दा अझ उचाइमा पु-याउने काम आफूले गरेको राजदूत कोइरालाको भनाइ छ। 

सरकारले फिर्ता बोलाउने निर्णय गरेको छ,त्यसो भए सरकारको निर्णय मान्नु हुन्न भन्ने नागरिकको प्रश्नमा राजदूत कोइरालाले भने-'प्रश्न म नेपाल फर्किने-नफर्किने ठुलो भएन अब। म त जेठ लागेपछि फर्किन्छु। तर राम्रो काम गर्दै गरेका व्यक्तिलाई समेत यसरी राजनीतिको चश्माले हेरिन्छ भने त्यहाँ दुई देशिय सम्बन्धमा दरार आउँछकि आउँदैन भन्ने हो।' 

बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय सुनाएका थिए।

उक्त निर्णयमाथि सञ्चारकर्मीले प्रश्न गरेपछि मन्त्री बाँस्कोटाले 'किन र के को लागि फिर्ता बोलाइएको नसोध्नुस सरकारले राम्रो कामको लागि निर्णय गरेको' भन्दै पन्छिएका थिए।

प्रकाशित: १३ वैशाख २०७६ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App