८ वैशाख २०८१ शनिबार
अर्थ

क्लासिकले ल्यायाे सस्ताे इन्टरनेट

काठमाडाैं– क्लासिक टेक प्रालिले ४०, ५० तथा ६५ एमबीपीएसका प्लानहरु बजारमा ल्याएको छ। इन्टरनेटको बढ्दो गतिको मागलाई ध्यानमा राख्दै योजना बाहिर ल्याएको कम्पनीले जनाएको छ। कम्पनीले ४० एमबीपीएस गतिको बुलेट-जीप्लान ६९२ रुपैयाँ प्रति महिनाको दरमा वार्षिक ग्राहकहरुलाई उपलब्ध गराउने भएको हाे।

नेपालमै यति धेरै ब्यान्डविथ यति कम मूल्यमा उपलब्ध गराइएको यो पहिलो पटक भएकाे कम्पनीकाे दाबी छ। यसका साथैं जडान खर्च तथा फाइवर केवलमा शतप्रतिशत छुटका साथैं धरौंटी रकम बुझाउनु पर्ने छैन।यसका साथैं खल्ती पेमेन्ट गेट्वेको माध्यमबाट रिचार्ज गरी सो सेवा लिने ग्राहकहरुलाई ५ प्रतिशतको नगद छुटको व्यवस्था समेत गरिएको छ।

 

 

प्रकाशित: १३ वैशाख २०७६ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App