७ वैशाख २०८१ शुक्रबार
समाज

दजाकोटको झाडापखाला अझै नियन्त्रणमा आएन

गुल्मी जिल्ला अस्पतालमा उपचाररत बिरामी

गुल्मी - जिल्लाको मुसिकोट नगरपालिका ४ दजाकोटको झाडापखाला अझै नियन्त्रण्मा आएको छैन। बुधबारदेखि सिंगो गाउँमा फैलिएकोे झाडापखाला तीन दिनसम्म पनि नियन्त्रण आउन सकेको छैन।

स्थानीय नुरखोला खानेपानी प्रयोगपछि गाउँमा झाडापखालाको प्रकोप देखिएको मुसिकोट नगरपालिकाका सदस्य स्थानीय हरि छन्तेलले बताए। उनका अनुसार झाडापखालावाट अहिलेसम्म १ सय २० जना बिरामी भएका छन्।

प्रकोप फैलिएपछि स्वास्थ्यकर्मीहरुले उपचार गर्दा पनि अझै नियन्त्रणमा आउन सकेको छैन छन्तेलले भने, ‘अहिले जिल्ला अस्पतालबाट समेत डाक्टरहरु आएर उपचारमा लाग्नुभएको छ।’

गाउँका ८५ परिवारमा झाडापखाला फैलिएको हो। १ सय २० जना बिरामीहरुमध्ये ३ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ त्यस्तै १ जनाको पाल्पा र अन्यको स्थानीय स्वास्थ्य चौकीमै उपचार भैरहेको छ।

खानेपानीका कारण गाउँभर झाडापखाला फैलिएपछि मुसीकोट नगरपालिका लगायत अन्य विभिन्न सघंसस्थाहरुले बाहिरबाट खानेपानी पु¥याएर वितरण गरेका छन्।

 

प्रकाशित: १३ वैशाख २०७६ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App