ती ३४ हजार नागरिकता प्रचलनमा नल्याउनू : सर्वाेच्च

शुक्रबार, १३ बैशाख २०७६, १८ : ११ नागरिक

काठमाडाैं - सर्वोच्च अदालतले २०५४ सालमा कानुनविपरीत वितरण भएका नागरिकता प्रचलनमा नल्याउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र पुरुषोत्तम भण्डारीको इजलासले त्यस समयमा वितरण भएका र सवोच्चले बदर गर्न भनेका (अन्तरिम आदेश) नागरिकता प्रचलनमा नल्याउन अन्तरिम आदेश दिएको हो।

ती नागरिकताका आधारमा तिनका सन्तानलाई पनि नागरिकता नदिन पनि सर्वोच्चले अन्तरिम आदेश दिएको छ। रिट निवेदन दायर गर्ने मध्येका एक वरिष्ठ अधिवक्ता वाेर्णबहादुर कार्की लगायतले ०५४ सालमा  कानुनविपरीत वितरित ३४ हजार नागरिकता र तिनका सन्तानलाइ वंशजको आधारमा नागरिकता दिइन लागिएको भन्दै ती नागरिकता खारेजीकाे माग गर्दै मागदाबी गर्दै वैशाख ३ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

०५४ सालमा अधिवक्ता बालकृष्ण न्यौपानेलेद्वारा दायर रिटमा ०५८ साउन ८ गते सर्वोच्च अदालतको विशेष इजलासले उक्त वितरण गरिएका ती नागरिकता संविधान र कानुनसम्मत नभएकाे भन्दै  फैसला सुनाएकाे थियाे।

उक्त रिट संविधान तथा ऐन नियमममा स्पष्टसँग गरिएका व्यवस्थाविपरीत नागरिता वितरण टोली कार्य निर्देशिका तयार गरी त्यसका आधारमा अनधिकृत रुपमा नागरिकता टोलीबाट ठूलो परिमाणमा नागरिकता वितरण गर्ने गरेको कार्यलाई संविधान र कानुनसम्मत मान्न नमिल्ने सर्वाेच्चकाे ठहर थियाे।






यसमा तपाईको मत

अन्य समाचार

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाज डोमिनार ४०० बाइक रिभिउ (भिडियो)

बजाजको डोमिनार ४०० हन्ड्रेड बाइक। ...

बुद्धले राजविराज उडान भर्ने

बुद्धले राजविराज उडान भर्ने

बुद्ध एयरले प्रदेश नम्बर २ को राजविराजमा उडान भर्ने भएको छ । ...

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी बैंकको सहयोग

सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई सहयोग गरेको छ । ...

रिमझिम चोकमा देवः विकास बैंक

रिमझिम चोकमा देवः विकास बैंक

देवः विकास बैंकले बाँकेको खजुरा गाउँपालिका रिमझिम बजारमा शाखा विस्तार गरेको छ । ...

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ र रेमिट टू नेपालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता भएको छ । ...

सनराइज–सिर्जना सहमति

सनराइज–सिर्जना सहमति

सनराइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सैद्धान्तिक सहमतिमा हस्ताक्षर भएको छ । ...

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ

युनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी हाल यस कम्पनीको संस्थापक...

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकको सहयोगमा आँखा शिविर

सिदार्थ बैंकले नेपाल आँखा अस्पतालसँग सहकार्य गर्दै संयुक्त रुपमा ६ दिने निःशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न गरेको छ । ...

Ncell Footer Ad