८ वैशाख २०८१ शनिबार
राजनीति

मोदीले दिए बनारसबाट उम्मेदवारी

एजेन्सी- अर्को कार्यकालको रूपमा प्रतिस्पर्धा गर्दै गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आसन्न लोकसभा निर्वानचका लागि बनारसबाट उम्मेदवारी दिएका छन्। 

शुक्रबार उनले नेसनल डिमोक्रेटिक अलायन्स (एनडिए)का तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन्। यो गठबन्धन भाजपा नेतृत्वको हिन्दुत्ववादी गठबन्धन हो।

उम्मेदवारी दर्ता हुनुपूर्व मोदीले विशाल र्याली प्रदर्शना गरेका थिए। उम्मेदवारी दर्ताका लागि जानुअघि उनी काल भैरवको मन्दिरमा पुजापाठका लागि गएका थिए।

उनले कार्यकर्तालाई सम्बोधनसमेत गरेका थिए ।

भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, संघीय मन्त्री पियुस गोयल, नितिन गडकरी, राजनाथ सिंह, योगी आदित्यनाथ, शिवसेना प्रमुख उद्वव ठाकरे, अकाली  दलका नेता प्रकाश सिंह बाद, बिहारका मुख्यमन्त्र नीतीश कुमार लगायतका नेता मोदीको र्यालीमा सहभागी हुन बनारस पुगेका थिए।

सन् २०१४ सँग तुलना

बिबिसी हिन्दी सेवाले मोदीको उम्मेदवारीलाई सन् २०१४ को निर्वाचनसँग तुलना गरेको छ। उक्त निर्वाचनमा पनि मोदीले बनारसबाटै चुनाव लडेका थिए।

उक्त निर्वाचनमा मोदीले  पाँज लाख ८१ हजार भोट पाएका थिए भने उनका प्रमुख प्रतिद्वन्दी भारतीय कांग्रेसका अजय रायले दुई लाख नौ हजार भोट पाएका थिए। 

भारतका वरिष्ठ पत्रकार शंकर अय्यर प्रधानमन्त्री मोदीको नामांकनमा एनडीएको शक्ति प्रदर्शनलाई सुनियोजित मान्छन्।

‘पाँच वर्ष पहिला मोदीले आफूलाई प्रधानमन्त्री उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएका थिए’, अय्यर भन्छन्, ‘आज उनले आफूले पाँच वर्षमा गरेका कामको आधारमा दोस्रोपटक निर्वाचित हुनका लागि उम्मेदवारी दर्ता गरेका छन्।’

भाजपाले एनडीए गठबन्धन बलियो बनाउन पनि शक्ति प्रदर्शन गरेको उनको ठम्याई छ।

के भने मोदीले?

उम्मेदवारी दर्ता गर्नुपूर्व मोदीले कार्यकर्ताको सभालाई सम्बोधन गरेका थिए। उक्त सभामा उनले राखेका मुख्य धारणा यस्ता थिएः

- मलाई हरेक मतदान केन्द्रबाट जित्न छ। जसरी श्रीकृष्णले गोवर्द्धन पर्वत उठाएका थिए त्यसैगरी तपाईंहरूको प्रयत्नबाट २१औं शताब्दीमा भारतलाई नयाँ उचाईंमा लैजान छ।

- पहिलोपटक निर्वाचनमा भाग लिएका सबैको सूची बनाउनुस र सबैलाई बोलाउनुस्।

- गुजरातमा पूरा गर्न नपाएको मेरो एउटा ईच्छा छ। के बनारसवासीले मेरो त्यो ईच्छा पूरा गर्नसक्छन्? म चाहन्छु पुरूषहरूको तुलनामा महिलाको मतदान ५ प्रतिशत बढी होस्। हरेक बुथमा पुरूषको मतदान १०० हुन्छ भने महिलाको १०५ होस्। 

- मलाई हिजो सामाजिक सञ्जालमा केही मानिसहरूले सडकमा प्रदर्शन गर्न बन्द गरेर आफ्नो सुरक्षामा ध्यान दिन आग्रह गरे। तर मोदीको सुरक्षा कसैले गर्छ भने त्यो यो देशका करोडौं आमाहरू हुन्। आमाहरूले शक्ति कवच बनेर मेरो सुरक्षा गर्नेछन्।

- यो चुनावमा म केही रेकर्ड तोड्न चाहन्छु। म चाहन्छु लोकतन्त्रले जित्नुपर्छ। त्यसैले उत्तर प्रदेशमा जति मतदान हुन्छ त्यो भन्दा बढी बनारसमा होस्। 

प्रकाशित: १३ वैशाख २०७६ ०८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App