४ वैशाख २०८१ मंगलबार
समाज

जुम्लाका जंगलमा काग र बाँदरबाहेक अरु पाउनै छाडे

जुम्ला–जिल्लाको सापुल्ली गाउँका लालबहादुर सार्की दुई दशक अघिको अवस्था सम्झँदा झस्कन्छन्। समयमै हिँउ पथ्र्यो, किसानलाई चाहिँदो मात्रामा वर्षा हुन्थ्यो। वातावरण हरियाली हुन्थ्यो। मौसम एकैनासको हुन्थ्यो। तर अहिले जुम्ली जलवायुमा निकै परिवर्तन आइसकेको उनी बताउँछन्। उनले भने,“दुई दशक अघि चार फिट हिँउ जमेको आफ्नै आँखाले देखेको हुँ। तर पछिल्लो समयमा हिउँ देख्न मुस्किल पर्छ। समयमै वर्षा र हिमपात हुँदा किसान खेति गर्न उत्सुक हुन्थे। अहिले मुहान सुके। सिचाईँ अभावमा खेतबारी बाझो राख्नुपर्ने अवस्था आईसकेको छ।”

गाउँ वरपर घना जंगल थियो। जंगलबीचतिर दर्जन बढि पानीमा मुल भेटिन्थे। कुवा, नाउलाको पानीले गाईबस्तुलाई पुग्थ्यो। पानीकै लागि खोला धाउनु पर्ने अवस्था थिएन्। उनले भने,'अहिले कुवा नाउलाको अवशेष भेटिन छाडेको छ। जंगल मासेर पाखो बनाइएको छ। सुख्खा खडेरीका कारण उत्पादनमा ह्रास आउनुका साथै किसानको खेति गर्ने जागर मरिसकेको छ।'

सापुल्ली गाउँमा दुई वटा कुवा नियमित थिए। कुवालाई दुई भागमा वर्गिकरण गरिएको थियो। एउटा कुवा दलितको अर्को गैरदलितको। अहिले कुवा सुक्दा खानेपानी संकट छ। पाखा पखेरा उजाड बन्दै जाँदा मनमा पीडा हुने गरेको उनी बताउँछन्। जब जलवायु अनुकुलन थियो। यहाँ कृषिजन्य उत्पादनमा बृद्धि भईरहेको थियो। जग्गा जमिन किसान बाझो राख्दैनथ्ये। अन्न बेचेर लुगोफाटो फेर्थे। जुम्ला सिजाका दिपेन्द्र उपाध्याय भन्छन्, 'अहिले कृषि क्षेत्रमा रोग किराको प्रकोप बढेको छ। किसान आयातित खाद्यन्नमै निर्भर हुन थालेका छन्। खेतियोग्य जमिन उपयोगमा आउन सकेको छैन्।' बढि अन्न उत्पादन गर्ने व्यक्ति साहु महर्जनमा गनिन्थ्यो। पाखा पखेरामा जंगल हुन्थ्योे। अहिले जुम्लाको जलवायु प्रतिकुल बन्दै गईरहेको स्थानीय बताउँछन्।

अहिले मानव स्वास्थ्य दिनप्रतिदिन प्रतिकुल बन्दै गईरहेको छ। वातावरण प्रदुषण भएर महामारी फैलन सक्ने सम्भावना बढ्दो छ। उतिबेला प्रत्येक घर माटोको छानाले छापिन्थ्ये। तापक्रम एकैनासको गर्न यसले निकै ठुलो भुमिका खेल्थ्यो। अहिले जस्तापाताको प्रयोगले तापक्रम बढेर वातावरण नै हलचल भईरहेको छ।

जुम्ला सदरमुकाम खलंगाको बीचमा बग्ने तिला नदिको बहाव बढेको हुन्थ्यो। जसका कारण आसपासका खेतवारीमा सिचाईं गर्न सहयोग पुगेको हुन्थ्यो। खोलामा माछा पाईन्थे। अहिले बग्ने गरेको पानी माछाका लागि अनुकुल नभएको बुढापाका बताउँछन्। अहिले यहाँका जंगलमा चरामा काग र जनावरमा बाँदरबाहेक अरु केहि भेटिदैन्। खोलामा जलेउ, ओत पाईन छाडेका छन्।

कर्णाली राजमार्गमा मोटर गुड्न थालेपछि कर्णालीको तापक्रममा उतार चढाव देखिन थाल्यो। अहिले जुम्लाका गाउँबस्तीमा खानेपानीको हाकाहार छ। कृषि ज्ञान केन्द्र जुम्लाका अर्थ विज्ञ बालकराम देवकोटा जलवायु परिवर्तनका कारण कृषि क्यालेण्डर नै तलमाथि परेको बताउँछन्। उनले भने, 'स्याउले भदौको दोश्रो साता कलर दिन्थ्यो। अहिले साउनमै कलर दिईसक्छ। जौ जेठको पहिलो हप्तामा नै भित्र्याउन सकिन्छ। पछिल्लो समयमा गहुँ भित्र्याएर पनि धान रोप्न सकिन्छ। पहिले जौ लगाएको खेतमा मात्रै धान रोप्न सकिने अवस्था थियो।'

प्रकाशित: १३ वैशाख २०७६ ०७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App