नगर प्रमुखको विदेश भ्रमण कोटामा छोरी सररर......

शुक्रबार, १३ बैशाख २०७६, १३ : ०२ नागरिक

खलङ्गा – जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले आफूलाई आएको विदेश भ्रमणकाे काेटामा छोरीलाई पठाएको पाइएको छ ।

प्रमुख र उपप्रमुख जानुपर्ने भ्रमणमा उपप्रमुख र कर्मचारीलाई समेत थाहै नदिई लुकिछिपी भ्रमणमा छोरीलाई पठाइएको हो । स्रोतका अनुसार फोहर व्यवस्थापन र स्मार्ट सिटी बनाउने विषयमा गत वर्ष प्रमुख सेजुवाल उपप्रमुख अप्सरादेवी न्यौपाने(महत)लाई फिलिपिन्समा अवलोकन भ्रमणको निम्ता आएको थियो ।

एउटा गैर सरकारी संस्थाको पहलमा त्यहाँको भ्रमणको अवसर पाइएकोमा प्रमुख र कर्मचारीको मिलेमत्तोमा सेजुवालकी छोरी र तत्कालीन चन्दननाथ नगरपालिकामा कार्यरत कर्मचारी निर्मला डाँगीलाई पठाएको पाइएको नगरपालिकाका कर्मचारी बताउँछन् ।

“प्रमुखकी छोरी र कर्मचारी फिलिपिन्स भ्रमणमा गएर आएपछि मात्रै थाहा भयो”, प्रशासन शाखामा कार्यरत एक कर्मचारीले भने, “खै कुन्नी के विषयमा उनीहरु गएका रहेका छन्, बारम्बार नगर कार्यपालिका र कर्मचारीको बैठकमा कुरा उठाउँदासमेत सुनुवाइ हुन सकेको छैन ।”

ती कर्मचारीका अनुसार प्रमुख र उपप्रमुखको नाममा आएको चिठीनै गायब बनाइएको रहेछ । प्रशासन शाखामा चिठी दर्ता भए नभएको बुझ्न खोज्दा त्यहाँका कर्मचारीले आफ्नो हातमा चिठी नै नपरेको बताउँछन् । यो मात्रै होइन यहाँ कति चिठी गायब हुन्छन्, पत्तै हुँदैन, के के मात्र भएको छैन र यहाँ भन्दै उनले उल्टै प्रश्न गरे रु तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र प्रमुखको हात रहेको यहाँ कार्यरत कर्मचारी बताउँछन् ।

उपप्रमुख न्यौपानेले भन्नुभयो “मैले पनि पछि थाहा पाए ।” प्रमुख सेजुवालले नगरपालिकामा आधिकारिक चिठी प्राप्त नभएको र आफूलाई थाहा नभएको बताए। “एउटा संस्थाबाट दुई जनालाई भ्रमणको निम्तो आएको थियो”, उनले भने–“उनीहरु व्यक्तिगत रुपमा भ्रमणमा जानु भएको हो ।” (रासस)








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad