coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भिमादका तीन विद्यालय गाभिए

दुलेगौँडा (तनहुँ)– भिमाद नगरपालिकाको तीनवटा सामुदायिक विद्यालय समायोजन भएका छन्। केही बर्षयता विद्यार्थी अभाव खेप्दै आईरहेका हिमालय आधारभुत विद्यालय चिहानडाँडा भिमाद–९, गणेशमान स्मृति आधारभुत विद्यालय बुडुवाफाँट भिमाद–५ र जनशक्ति आधारभुत विद्यालय ढुङढुङ्गे भिमाद–८ लाई नजिकका विद्यालयमा समायोजन गरिएको हो। समायोजन भएका विद्यालयमा ३ कक्षासम्मको पढाई हुने गर्दथ्यो।

हिमालयलाई भैरव आधारभुत विद्यालयमा, गणेशमानलाई दिपक माविमा र जनशक्तिलाई जय नेपाल आधारभुत विद्यालयसँग गाभिएको नगर शिक्षा प्रमुख नगेन्द्रराज पौडेलले जानकारी दिए। विद्यार्थी संख्या कम भएका र नजिकै अन्य विद्यालय भएकाले गाभिएको उनले बताए। ‘नगर शिक्षा नियमावली अनुसार विद्यालय व्यवस्थापन समिति र स्थानीयको सहमतिमा गाभिएको हो’, उनले भने, ‘समायोजन भएका विद्यालयका बाल विकास केन्द्र भने यथावत रहन्छ।’

शाखा प्रमुख पौडेलका अनुसार पोखरीछाप आधारभुत विद्यालय भिमाद–७, पोखरीछापको कक्षा घटाईएको छ। कक्षा ५ सम्म पढाई हुदै आएको विद्यालयमा कक्षा ४ र ५ हटाईएको छ। अब कक्षा ३ सम्म पढाई सुरु भएको छ। भिमाद नगरभित्र ६५ सामुदायिक विद्यालय छन्।

प्रकाशित: १३ वैशाख २०७६ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App