coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

सलमान र उनका अंगरक्षकमाथि कुटपिटको आरोप

काठमाडाैँ - बलिउड अभिनेता सलमान खान र उनका अंगरक्षक शेरा माथि कुटपिटको आरोप लगाउँदै एक युवकले प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन्। ती युवकले मुम्बईको डीएन नगर पुलिस स्टेशनमा उजुरी दर्ता गराएका हुन्। युवकले भिडियो बनाउने बेला सलमान र शेराले आफूँमाथि कुटपिट गरेको निवेदनमा उल्लेख गरेका छन्।

त्यहाँको प्रहरीले भारतीय मिडियालाई दिएको जानकारी अनुसार सलमान बुधबार बेलुका डिएन नगर इलाकामा साइकल चलाइरहेका थिए। यति नै बेला युवकले उनको भिडियो मोबाइलबाट सुट गर्न थाले । जसका कारण सलमानलाई एकाएक रिस उठ्यो। सलमानले रिसमा जबर्जस्ती उनको मोबाइल खोसे । साथै, सलमान र उनका अंगरक्षकले उनलाई कुटपिट पनि गरे।

युवकले करिब २० मिनेटसम्म सलमानको भिडियो बनाएका थिए।  पुलिस अहिले घटनाको अनुसन्धान गरिरहेको छ त्यसपछि थप कारवाही गरिने पुलिसले जानकारी दिएको छ ।

प्रकाशित: १३ वैशाख २०७६ ०६:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App