७ वैशाख २०८१ शुक्रबार
अन्य

खानेपानीको धारामा ढलको पानी

प्रतिकात्मक तस्बिर

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौरले गौरीघाट क्षेत्रमा ढल मिसिएको खानेपानी वितरण गरेको छ। दुर्गन्धसहितको ढलको पानी ११ दिनदेखी नियमित खानेपानी पाइपबाट पठाएको हो।

केयुकेएल महांकाल चौरको लापावाहीले ढल मिसिएको पानी वितरण गरेको स्थानीयको आरोप छ। गौरीघाटका स्थानीय डा. राजकुमार सुवेदीले काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) महांकाल चौरको लापावार्हीले ढल सहितको खानेपानी वितरण गरेको बताए।

‘११ दिनदेखि ढलको लेदो सहितको पानी नियमित पठाएको छ,’ उनले भने, ‘यो महाँकाल खानेपानी चौरको लापरवाही हो। पानी पिउन गोग्य छैन। ढल मिसिएको पानीले घर नै दुर्गन्धित बनाएको छ। त्यसैले पानी जम्मा गर्नको लागि ट्यांकीमा पाइप हालेका छैनौँ।’
उनका अनुसार पहिले हप्ताको दुई पटक खानेपानी आउथ्यो। तर, केही दिनदेखि निरन्तर ढल सहितको पानी आएको छ। पानी पूरै ढलको गन्ध आउने गरेको छ। गौरीघाट क्षेत्रका घरमा ढल सहितको पानी आएको उनले बताए। पानीको समस्या भएकोले महाँकाल खानेपानीले पानी प्रशोधन वा ढल मिसिएको ठाउँको पाइप मर्मत गरी शुद्ध पानी वितरण गर्नुपर्ने स्थानीयको माग छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) महाँकाल चौर, सुन्दरीजल शाखा प्रमुख उमेशबाबु मरहठ्ठाले टुसालमा सडक विस्तार हुँदा खानेपानीको पाइप फुटेर ढल मिसिएको हुनसक्ने बताए।

प्रकाशित: १३ वैशाख २०७६ ०५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App