सिसिटिभीको निगरानीमा प्रश्नपत्र रुजु गर्न निर्देशन

शुक्रबार, १३ बैशाख २०७६, ०९ : ३२ नागरिक

काठमाडौं - वैशाख १५ गतेदेखि सुरु हुने माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२ ) र वैशाख २९ गतेबाट सुरु हुने कक्षा ११ को अन्तिम परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रश्नपत्रको थैला सिसिटिभीको निगरानीमा मात्र रुजु गर्न÷गराउने व्यवस्था मिलाउन राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बोर्डलाई बिहीबार परीक्षा व्यवस्थित, मार्यदित र भयरहित वातावरणमा सञ्चालन गराउन २२ बुँदे लिखित निर्देशन दिँदै सुरक्षा निकायबाट प्रश्नपत्र प्राप्त गर्दा अनिवार्य रुपमा केन्द्राध्यक्षले नै बुभ्mने व्यवस्था गर्ने र केन्द्राअध्यक्ष तथा सुरक्षा निकाय प्रमुखले प्रश्नपत्रको पोको लैजाँदा रुजु गर्ने, प्रश्नपत्र बुझ्दा समेत मुचुल्का गर्ने व्यवस्था गर्न निर्देशन दिएका छन्। मन्त्री पोखरेलले जारी गरेको २२ बुँदे निर्देशनमा प्रश्नपत्र खोल्दा केन्द्रवध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षक गरी कम्तिमा तीन जनाको रोहवरमा मात्र मुचुल्का गरी खोल्ने व्यवस्था मिलाउन उल्लेख छ।

मन्त्री पोखरेलले जारी गरेको निर्देशनमा एसइई परीक्षा सञ्चालनका क्रममा प्रश्नपत्र बाहिरिएको तथा परीक्षामा खटिएका कर्मचारी र परीक्षार्थीबाटै केही अमर्यादित कार्यहरु भएको सन्दर्भलाई ध्यान दिँदै कक्षा ११ र १२ को परीक्षा व्यवस्थापनमा थप सावधानी अपनाउन २२ बुँदे निर्देशन जारी गरिएको उल्लेख छ।

यस वर्षको परीक्षामा कुल ९ लाख ३६ हजारले सहभागिता जनाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। जसमध्ये कक्षा ११ मा ५ लाख ८ हजार ४ सय ९४ र कक्षा १२ मा ४ लाख २८ हजार ५२ परीक्षार्थी सहभागी हुने छन्। मन्त्री पोखरेलले जारी गरेको निर्देशनमा एसइई परीक्षा सञ्चालनका क्रममा प्रश्नपत्र बाहिरिएको तथा परीक्षामा खटिएका कर्मचारी र परीक्षार्थीबाटै केही अमर्यादित कार्यहरु भएको सन्दर्भलाई ध्यान दिँदै कक्षा ११ र १२ को परीक्षा व्यवस्थापनमा थप सावधानी अपनाउन २२ बुँदे निर्देशन जारी गरिएको उल्लेख छ।

‘परीक्षा सञ्चालन हुँदाको अवस्थामा परीक्षा केन्द्रहरुमा बोर्डको तर्फबाट सकेसम्म बढी अनलाइन र स्थलगत अनुगमनको व्यवस्था गर्न÷गराउन र प्रश्नपत्र शिलबन्दी गरिएको प्याकेट भण्डारण स्थल पूर्ण सुरक्षित रहेको सुनिश्चित गर्ने,’ निर्देशन पत्रमा उल्लेख छ, ‘परीक्षार्थीले परीक्षा केन्द्रमा मोबाइल फोन लगेको भेटेमा तत्काल जफत गरी सुरक्षाकर्मीमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउने र जिल्ला प्रहरी कार्यालयले मोबाइलको प्रयोग सम्बन्धमा अनुसन्धान गरी परीक्षा सम्पन्नपछि मात्र अभिभावकलाई बुझाउने,’ थप उल्लेख छ, ‘केन्द्राध्यक्षले परीक्षाको अवधिभर परीक्षा डायरीमा परीक्षामा भए गरेका कार्यहरुको विवरण खुल्ने गरी भरेर सुरक्षित रुपमा राख्ने र बोर्डले मागेको बखत उपलब्ध गराउने। साथै परीक्षार्थी सम्बन्धी विवरण तयारी गरी सूचनापाटीमा डिस्प्ले गर्ने।’

परीक्षा हलभित्र कसैले फोटो खिचेमा, अडियो÷भिडियो रेकर्ड गरेमा कानुनअनुसार तत्काल कारबाही गर्न समेत निर्देशन दिएको छ। नक्कली परीक्षार्थीलाई रोक्न परीक्षार्थीले कक्षा ११ मा भरेको रजिस्ट्रेसन फारमको फोटो र गरिएको दस्तखतलाई स्क्यान गरी परीक्षा सञ्चालनका समयमा परीक्षार्थीलाई उपलब्ध गराउने प्रवेशपत्र र सम्बन्धित परीक्षा केन्द्रमा पठाउन परीक्षार्थीको हाजिरीमा उक्त फोटो र दस्तखत समेत प्रिन्ट गरी पठाउने व्यवस्था गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डका माध्यामिक शिक्षा उत्तीर्ण परीक्षा कक्षा ११ र १२ का परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार मन्त्रालयको निर्देशन अनुसारै परीक्षा मर्यादित र व्यवस्थित रुपमा सञ्चालन गर्न बोर्डको तयारी रहेको दाबी गरे। उनका अनुसार ९ लाख बढी विद्यार्थीका लागि कुल एक हजार एक सय ७ परीक्षा केन्द्र तोकिएको छ। ‘यस वर्ष हामीले ११ सय ७ केन्द्राध्यकै फोन नम्बर बोर्डमा राखेका छौं। उहाँहरुलाई परीक्षा सम्बन्धि सूचना एकै पटक ब्लक म्यासेस गर्ने व्यवस्था मिलाएका छौं,’ नियन्त्रक शर्माले भने, ‘परीक्षामा अमर्यादित कार्य गर्ने जोकोहीलाई पनि कारबाही हुन्छ।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad