सन्दर्भ: बौद्धिक सम्पत्ति दिवस

भौगोलिक संकेत

शुक्रबार, १३ बैशाख २०७६, ०८ : ४३ नागरिक

लक्ष्मी सापकोटा
खाजा खाने समय भयो, क्यान्टिनको दाइले सोध्नुभयो– ‘म्याम जु जु धौ खाने हो ?
मैले भनेँ– ‘खाने होे।’
समकक्षी साथीले पनि थपिन्– ‘मलाई पनि जु जु धौ।’
भक्तपुरको जु जु धौ (दही) र अरु दहीको स्वादमा फरक छ। जु जु धौ भक्तपुरको चिनारी हो।
एकजना सधैँ क्याप लगाउने व्यक्ति ढाका टोपी पहिरिएर एउटा कार्यक्रममा आएका रहेछन्। उनलाई छेउको साथीले भने–‘हजुरलाई कति राम्रो सुहाएको पाल्पाली ढाका टोपी।’ उनले उत्तर दिए–‘हजुरले लगाएको भादगाउँले टोपी पनि साह्रै सुहाएको छ।’ पाल्पा ढाकामा प्रख्यात रहेको हामी धेरैलाई थाहा छ। त्यस्तै भादगाउँले टोपीको बयानमा बनेको गीतमा भुवन केसी नाचेका देखिन्छन्– कालो टोपी भादगाउँले मेरो शिरैमा ढल्केको ...। ढाका पाल्पाको चिनारी हो र कालो नेपाली टोपी नेपालको र स्वयम् भादगाउँको चिनारी हो।

माघे संक्रान्ति (घिउ चाकु खाने दिन) टोखाको नाम धेरैले लिन्छन्। टोखा भन्ने ठाउँ अथवा टोखा भन्ने नाम मात्रले होइन तर त्यहाँ पाइने स्वादिलो र अलगखालको चाकुले पनि विशेष बनाएको छ। काठमाडौंँ, भक्तपुरलगायत विभिन्न ठाउँमा टोखाको चाकु प्रसिद्ध छ। टोखामा मेलामा जाँदा चाकु ल्याउने पनि धेरै हुन्छन्। चाकु टोखाको चिनारी हो।

फेसबुक पेजमा अनलाइन सपिङभनेर रामेछापको जुनार भनी त्यसको मूल्य तोकेको देख्यौँ। अनलाइनबाट घरमा मगाएको, त्यो त साह्रै स्वादिलो रहेछ। रामेछापको जुनार नेपालमा प्रख्यात रहेछ। त्यहाँको भौगोलिक स्थितिले जुनारको स्वाद फरक बनाएको रहेछ। जुनार रामेछापको चिनारी हो।

इलामको कोही साथी भयो भने ‘चियापत्ती ल्याइदेऊ है’ भन्ने साथीहरू पनि हुन्छन्। अहिले त कुनै साथी घर इलाम जान लाग्यो भने ग्रिन टि ल्याइदेउ भन्ने पनि धेरै साथी हुन्छन्। इलामको चिायापत्ती प्रायःले सुनेका छन्। यसको आफ्नै मौलिकपन छ जसले गर्दा यो अझ धेरै स्वादिलो र अरु ठाउँको चियापत्तीभन्दा फरक छ। चियापत्ती इलामको चिनारी हो। भारतमा दार्जिलिडको चियापत्तीले भारतमै भौगोलिक संकेत (जि.आइ.) चिह्न पाएको छ। नेपालको सन्दर्भमा इलामको चियापत्तीले पनि त्यस्तै ख्याति कमाउन सक्छ।

त्यस्तै भोजपुरको खुकुरी, पाल्पाको करुवा, फर्पिङको नासपाती, कास्कीको पस्मिना, खोकनाको तेल यी वस्तुको नामसँगै नेपालको भैगोलिक संकेतलाई पनि यी वस्तुले चिनारी दिन्छन्।वस्तुसँगै यसको भौगोलिक संकेतको पाटो पनि महत्पूर्ण हुन्छ। यी माथि उल्लिखित चिनारी शायद नेपालमा नेपालीमाझ मात्र सीमित छन्। यस्ता ठाउँविशेष वस्तुको पहिचान गरी यसलाई संरक्षण गर्न सकिन्छ। अरु देशमा भौगोलिक संकेतलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गरिएको छ।


भोजपुरको खुकुरी, पाल्पाको करुवा, फर्पिङको नासपाती, कास्कीको पस्मिना, खोकनाको तेल यी वस्तुको नामसँगै नेपालको भैगोलिक संकेतलाई पनि यी वस्तुले चिनारी दिन्छन्।अरु देशमा भौगोलिक संकेतलाई बौद्धिक सम्पत्तिका रूपमा संरक्षण गरिएको छ।

नेपालको संविधानले धारा २५ को स्पष्टीकरणमा ‘सम्पत्ति शब्दले बौद्धिक सम्पत्तिलाई समेत जनाउँछ’ भनेर उल्लेख गरेको छ। पहिलोपटक यसरी मौलिक हकमा बौद्धिक सम्पत्तिलाई सुनिश्चित गरिनु असाध्यै राम्रो कदम हो। मुलुकी देवानी (संहिता), २०७४ ले सम्पत्ति भौतिक वा अभौतिक, मूर्त वा अमूर्त जुनसुकै अवस्थामा रहे भएको भए पनि सम्पत्ति चल र अचलका रूपमा रहेको मानिनेछ भनी व्याख्या गरेको छ र सोही ऐनले बौद्धिक सम्पत्तिलाई चल सम्पत्ति मानेको छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने बौद्धिक सम्पत्तिलाई प्रतिलिपि अधिकारका रूपमा प्रतिलिपि अधिकार ऐन, २०५९ ले व्याख्या गरेको छ र पेटेन्ट, डिजाइन र ट्रेडमार्कलाई औद्योगिक अधिकारका रूपमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ ले व्याख्या गरेको छ। राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३लेबौद्धिक सम्पत्तिमाभौगोलिक संकेत, वनस्पति प्रजाति संरक्षण, व्यापारिक गोपनीयता, एकीकृत सर्किटको लेआउट डिजाइन, परम्परागत/सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त

सांस्कृतिक सम्पदा, जैविक विविधता र अनुवांशिकस्रोत गरी थप सातवटा विधालाई समेटेको छ। यसका आधारमाऔद्योगिक सम्पत्तिसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ प्रस्तावितगरिएको छ र यसको नाम औद्योगिक सम्पत्तिसम्बन्धी ऐन, २०७४ नाम राखिएको छ। यसको परिभाषामा बौद्धिक सम्पत्ति भन्नाले व्यापार चिह्न र सेवा चिह्न, भौगोलिक संकेत, समूह चिह्न र प्रमाणीकरण चिह्न, औद्योगिक डिजाइन, पेटेन्ट, युटिलिटी मोडल, इन्टिग्रेटेड सर्किटको लेआउट डिजाइन, अप्रकाशित सूचनावा जानकारीको संरक्षण हो भनी उल्लेख गरिएको छ। अन्तर्राष्टिय कानुनको सन्दर्भमानेपाललेविश्व बौद्धिक सम्पत्ति संगठनको सदस्यता सन् १९९७ मा प्राप्त गरेको हो। त्यस्तै नेपाल औद्योगिक सम्पत्ति संरक्षणसम्बन्धी पेरिस महासन्धिमा सन् २००१ मा सदस्य भएको हो र नेपाल सन् २००४ मा व्यापार सम्बन्ध बौद्धिक सम्पत्ति अधिकार सम्झौताको पक्ष हो।

भौगोलिक संकेत कानुनका रूपमा लागु नभएपनि विधेयकमा यसलाई प्रस्ताव गरिएको छ। त्यो असाध्यै राम्रो पक्ष हो। राष्ट्रिय बौद्धिक सम्पत्ति नीति, २०७३ ले पनि भौगोलिक संकेत नीति भनी निम्न कुरो उल्लेख गरेको छ। निश्चितभौगोलिक क्षेत्रमा उत्पादन हुने प्राकृतिक वा मानव सिर्जित वस्तुको उत्पत्तिको जानकारी लिने जानकारीसहित त्यस्तो वस्तुलाई भौगोलिक संकेत दिने।त्यस्तो वस्तु सम्बद्ध भौगोलिक क्षेत्रको पहिचानसहित पृथकता जनाउनका लागि सो वस्तुमा उपयोग गरिएको नाम वा चिह्नमा निहित अमूर्त सम्पत्तिलाई बौद्धिकसम्पत्तिका रूपमा संरक्षण गर्न भौगोलिक संकेतसम्बन्धी कानुन व्यवस्था गरिने साथै भौगोलिक संकेतले प्रदान गर्ने बौद्धिक सम्पत्ति अधिकारलाई अहस्तान्तरणीय अधिकारका रूपमा व्यवस्था गरिने व्यवस्था छ।

भौगोलिक संकेतले प्रदान गर्ने बौद्धिक सम्पत्ति अधिकारलाई क्रमशः विकास गरेर लैजानुपर्छ। भारतलगायत अरु देशमा भौगोलिक संकेतको कानुनमा पहिचान गरी, त्यस्ता भूगोलमा उत्पादन भएका वस्तुलाई भौगोलिक संकेतको चिह्न पनि दिइन्छ। सामानमा यस्तो चिह्न लगाउँदा उपभोक्ताले गुणस्तरीय समान पाउन सक्छन्। यस्तो सामानको विश्वसनीयता पनि बढ्छ। सामान उत्पादन गरिने भूगोल आफैँले सामूहिक कानुनी संरक्षण प्राप्त गर्छ अथवा त्यस्तो वस्तुले भौगोलिक संकेत प्राप्त गर्छ।

यस वर्षको नारारिच फर गोल्डः  आइपी एन्ड स्पोट्र्स (खेल र बौद्धिकसम्पत्ति) हो। संसारभरि खेलमा बौद्धिक सम्पत्तिको नवीनतम् प्रयोगको कुरासँगै यसको संरक्षणको पनि विषय लिएर हेरिएको छ। खेल शारीरिक र मानसिकरूपमा आफूलाई तन्दुरुस्त राख्नमात्र नभई अहिले दर्शकले पनि यसलाई रुचाएको अवस्था छ। खेल भनेको खेलाडी, दर्शक, खेल्ने सामाग्रीमात्र नभई आजको यस भौतिकवादी समाजमा त्यस खेलमा प्रयोग हुने नवीनतम् र सिर्जनात्मक प्रयोग पनि हो।उदाहरणका लागि विश्व कपको गीत (गिभ मि फ्रिडम गिभ मि फायर गिभ मि रिजन टेक मी हायर...) साह्रै लोकप्रिय छ। यसमा प्रतिलिपि अधिकारको कुरा महत्वपूर्ण हुन्छ।

नेपालमा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भइरहेको छ। हाम्रोमा यस्तो खेलको प्रत्योगिता हुनु असाध्यै गर्वको विषय हो। हामीले खेललाई नितान्त खेलका रूपमा मात्र हेरे पनि बौद्धिकसम्पत्ति जस्तोे विषयपनि समावेश भएका हुन्छन्। अब हामीले खेलमा पनि बौद्धिकसम्पत्ति अथवा खेलमा समावेश भएका नवीनतम् प्रयोगहरूको पनि संरक्षण गर्नुुपर्छ। त्यसैले अब यस्ता सन्दर्भका कानुन बनाउनु आवश्यक छ।
उपप्रा., काठमाडौँ स्कुल अफ ल








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad