coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

समयानुकूल अन्तर्राष्ट्रिय सम्बन्धमा जोड

काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नेपालले बदलिँदो परिवेशअनुकूलको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल विश्व सम्बन्ध परिषद्ले बिहीबार आयोजना गरेको मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै शर्माले नेपाललगायतका मुलुकले पञ्चशीलताको सिद्धान्तलाई पालना गरे पनि शक्तिशाली मुलुकले भने त्यसलाई उल्लंघन गरिरहेको आरोप लगाएका छन्।

मानव अधिकार र अन्तर्राष्ट्रिय सम्बन्धको अवस्थाबारे बोल्दै शर्माले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको मानव अधिकारको अवस्थाबारे चिन्ता व्यक्त गरे। उनले वैदेशिक रोजगारीमा जाने नेपालीले मानव अधिकारको अवस्था कसले हेर्ने भन्दै उनले यसमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमार्फत समाधान खोज्नुपर्ने बताए। ‘नेपाली कामदारको मानवअधिकारको रक्षाका लागि जहाँजहाँ नेपाली छन्, त्यहाँको सरकारसँग नेपाल सरकारले मानव अधिकारका सन्दर्भमा सम्झौता गर्नुपर्छ,’ शर्माले भने।

शर्माले नेपालको संविधान मानव अधिकारका हिसाबले उत्तम भए पनि कार्यान्वयनको हिसाबले यसको मूल्यांकन गर्न सकिने बताएका छन्। संविधानमान धेरैजसो मौलिक अधिकारको व्यवस्था गरिए पनि ती कार्यान्वयन हुने नहुनेमा शंका रहेको उनले बताए। मौलिक हक जुन दिन उच्चारण ग¥यो त्यही दिन कार्यान्वयन गर्नुपर्ने शर्माको भनाइ थियो। ‘मानव अधिकारका विषयमा संविधानले सबै दिएको तर केही नदिएको अवस्था छ, त्यसको कार्यान्वयनको अवस्थाले यसलाई पुष्टि गर्छ,’ उनले भने।

शर्माले नेपालको संविधानको धारा २६ लाई लिएर पश्चिमाहरू सशंकित बनेको बताए। धारा २६ मा भेग विषय राखिएको र यसले धर्म परिवर्तनको विषयलाई अप्ठेरो पारेको भन्दै त्यसप्रति पश्चिमाहरूले प्रश्न गर्ने गरेको उनको भनाइ थियो। संविधानमा धर्मनिरपेक्षता उल्लेख गरिए पनि उक्त धाराले धर्मरिपेक्षताको विषय प्रष्ट नपारेको बारेमा पश्चिमाको चासो हुने गरेको उनले बताए। शर्माले राष्ट्रिय मानव अधिकार आयोगको भूमिकाका विषयमा सरकारले कडा ढंगले प्रएस्तुत भएको बताउने तर मिडियाले कमजोर ढंगले प्रस्तुत भएको आरोप लगाउने गरेको बताए। उनले मानव अधिकारसम्बन्धी प्रस्तावित संसोधन विधेयकले आयोगको भूमिकालाई खुम्च्याउने प्रयास गरेको आरोपसमेत लगाए।

प्रकाशित: १३ वैशाख २०७६ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App