coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

हिमालयको कोलम्बो अफर

काठमाडौं- हिमालय एअरलाइन्सले काठमाडौं–कोलम्बो प्रतिव्यक्ति ३५ हजार १ सय ५२ रुपैयाँमा घुम्न सकिने अफर सार्वजनिक गरेको छ। आउने जाने खर्च समावेश गरिएको उक्त भाडादरमा कम्तिमा पनि दुई जना सदस्यले सो अफर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

अफर प्राप्तिका लागि अगामी कात्तिक १४ गतेभित्र टिकट खरीद गरिसक्नु पर्ने तथा आगामी पुस १६ गतेभित्र उपयोग गरिसक्नुपर्ने कम्पनीको विज्ञप्तिमा उल्लेख गरिएको छ। अफरबारे कम्पनीका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले कोलोम्बो छुट्टी मनाउनका साथै संस्कृति प्रवर्द्धन गर्नका लागि परिचित गराइएको नयाँ गन्तव्य भएको बताए। उनले भने, 'जो आफ्नो परिवारसँग गुणस्तरीय समय बिताउँदै अविस्मरणीय यादहरु समेट्न चाहन्छन्, उनीहरुलाई लक्षित गरेर उक्त आकर्षक भाडादरको अफर ल्याइएको हो।'

प्रकाशित: ५ कार्तिक २०७३ ०५:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App