coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

जलबीरे झरनामा पर्यटक वृद्धि

मुग्लिन - चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हर्न पर्यटकको वृद्धि भएको छ। गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो।

झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउनेगरेकोजलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो। शनिबार र अन्य बिदाका समयमा पर्यटकको अत्याधिक चाप हुने उहाँको भनाइ थियो। नयाँ वर्षका दिन वैशाख १ गतेमात्र५४३ पर्यटक झरनामा पुगेको टिकट काउण्टरको रेकर्ड छ। अन्य बिदाका दिनभने सयभन्दा बढी पर्यटक आउने गर्छन्।

झरनामा ‘क्यानोनिङ’, ‘क्लाइम्बिङ’, ‘स्विमिङ’, ‘स्लाइडिङ’, ‘जम्पिङ’ र ‘हाइकिङ’ गर्न काठमाडौँ तथा विदेशबाट समेत पर्यटक आउने गरेको अध्यक्ष गुरुङले बताए। अहिले क्यानोनिङ एशोसिएशनमा आवद्ध विभिन्न सात ¥याफ्टिङ संस्था लामो झरना पर्यटन विकास समितसँग आवद्ध छन्।

ती संस्थामार्फत‘क्यानोनिङ’, ‘क्लाइम्बिङ’, ‘स्विमिङ’, ‘स्लाइडिङ’, ‘जम्पिङ’ र ‘हाइकिङ’का लागि आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेका छन्।चर्काे गर्मी,कोलाहल, तनाव र थकान मेट्न यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्छ। पहिलो पटक लामो झरना पुग्नुभएका बाराका सागर पुरीले लामो झरनाको प्राकृतिक सौन्दर्यले आफूलाई लोभ्याएको बताए।

यहाँ प्रवेश गर्न स्वदेशी पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि स्वदेशीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ। यहाँ विसं २०६९ देखि पर्यटन विकास शुरु भएको हो। चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्य स्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ। साठी मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ।

सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ। झरनामा नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरगत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलबीरेबाट आधा घण्टा हिँडेर वा सबारीसाधनबाटै पनि पुग्न सकिन्छ। रासस

प्रकाशित: १३ वैशाख २०७६ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App