शेयर बजार : दोहोरो अंकले वृद्धि

बिहिबार, १२ बैशाख २०७६, १७ : २९ नागरिक

काठमाडौँ– लगातार उकालो लाग्दै आएको शेयर बजारमा आज पनि दोहोरो अङ्कको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १२.८३ विन्दुले बढेर एक हजार २९२.१२ विन्दुमा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.७३ विन्दुले बढेर २७९.६७ विन्दुमा पुगेको छ। स्टकका अनुसार कूल १७६ कम्पनीका ४५ लाख १९ हजार ५८२ कित्ता शेयर एक अर्ब ३५ करोड ७५ लाख ५४ हजार २२१ रुपैयाँ मूल्यमा खरीद बिक्री भए। कारोवार भएका दश उपसमूहका शेयरमा वृद्धि भएको छ।

बैंकिङ १०.०९, होटल २१.५, विकास बैंक ४५.२९, जलविद्युत् ५.२४, वित्त ०.८८, निर्जीवन बीमा ७४.८४, उत्पादन २२.९, अन्य ६, लघुवित्त १०.३९ र जीवन बीमा ८९.९१ विन्दुले बढेको छ। स्टकका अनुसार आज कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो बैंकको मात्रै प्रतिकित्ता ३१५ रुपैयाँमा १८ करोड ४१ लाख ६४ हजार ९१७ रुपैयाँ बराबरको कारोवार भए। यस्तै एनसिसी बैंक सात करोड ३० लाख ३४ हजार ८९८ रुपैयाँ, प्रभु बैंक सात करोड २६ लाख ७४ हजार ६९७ रुपैयाँ, छिमेक लघुवित्त विकास बैंक छ करोड ६० लाख २५ हजार ८९८ रुपैयाँ, कृषि विकास बैंक पाँच करोड ४३ लाख ६८ हजार ४५४ रुपैयाँ मूल्य बराबरको खरीद बिक्री भई शीर्ष स्थानमा रहे।

एभरेष्ट इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.८४ प्रतिशतले कमाएका स्टकले जनाएको छ। कृषि विकास बैंक ९.६०, मिर्मिरे लघुवित्त वित्तीय संस्था ७.७२, यूनाइटेड इन्स्योरेन्स ७.५९, राधी विद्युत् कम्पनी ७.१४, नबिल इक्विटी फण्डका लगानीकर्ताले ६.८८ प्रतिशतले कमाए। यस्तै तारागाउँ रिजेन्सी होटलका शेयरधनीले ९.३० प्रतिशतले गुमाउँदा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ६.३८, गुह्येश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ३.९०, मिथिला लघुवित्त वित्तीय संस्था २.६६, सिटिजन म्युचअल फण्डका लगानीकर्ताले २.५६ प्रतिशतले गुमाए। रासस






यसमा तपाईको मत

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad