१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजदूत कोइरालालाई सरकारले फिर्ता बोलायो

काठमाडौं- कतारका लागि नेपाली राजदूत रमेश कोइरालालाई मन्त्रिपरिषद् बैठकले फिर्ता बोलाउने निर्णय गरेको छ । बिहिबार सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको बताएका हुन्।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका लागि नेपाली राजदुत कोइरालालाई नियुक्त गरेका थिए। अहिले सरकारले आवश्यकता महसुस गरेर फिर्ता बोलाएको प्रवक्ता बास्कोटाले जानकारी दिए।

प्रकाशित: १२ वैशाख २०७६ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App