प्रमुख नहुँदा सेवाग्राहीलाई सास्ती

बिहिबार, १२ बैशाख २०७६, १५ : ३८ नागरिक

सङ्खुवासभा– जिल्ला अस्पतालमा एक वर्षदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। उक्त अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आउने अधिकांश चिकित्सक र अस्पतालका कर्मचारीको आन्तरिक विवादले बस्न नसक्ने बताउँदै कार्यालय छाड्ने गरेका हुन्।

अस्पतालका कर्मचारीसँग विवाद भएपछि प्रमुख डा विनितकुमार झा एक वर्षअघि सरुवा भएर गएका हुन्। डा झामात्र होइन यसअघि डा विष्णुबहादुर बस्नेत, डा दयाशङ्करलाल कर्ण पनि कार्यकाल पूरा नहुँदै सरुवा भएर गएका थिए। प्रमुख नहुँदा अस्पतालको व्यवस्थापन अस्तव्यस्त हुन पुगेको छ। कर्मचारीले मागेअनुसारको सुबिधा नदिएको भन्दै कार्यालय प्रमुखमाथि हातपातसमेत भएको थियो।

कर्मचारीको खिचातानी र विवादले अस्पतालको सेवा प्रवाहसमेत खस्कँदै गएको छ। दक्ष चिकित्सक भए पनि प्रभावकारी सेवा नभएकाले आफूहरू निजी स्वास्थ्य संस्था जानुपरेको सेवाग्राहीको गुनासो छ। जिल्ला अस्पताल ५० श्ययामा स्तरोन्नति भएपछि ११औँ तहको चिकित्सक हुनुपर्ने नीतिगत व्यवस्था भए पनि यतिखेर आठौं तहका मेडिकल अधिकृतमात्र छन्। एक वर्षदेखि प्रमुख नहुँदा आठौं तहका मेडिकल अधिकृतले निमित्तको रूपमा काम गरिरहेका छन्। उक्त अस्पतालमा ५१ कर्मचारीको दरबन्दी रहे पनि हाल १९ दरबन्दी रिक्त छ।

अस्पतालमा आन्तरिक मेडिसिन, बाल रोग, स्त्री तथा प्रसूति, शल्य चिकित्सक, हाडजोर्नी, नशा रोग, रेडियोलोजिष्ट र जनरल फिजिसियन पद रिक्त छ। विशेषज्ञ नहुँदा यहाँ उपचार गराउन आउने बिरामी कम हुँदै आएकोे छ। आर्थिक वर्ष २०७५/०७६ को माघमा एक हजार ४६६, फागुनमा एक हजार ३९१, चैत महीनामा एक हजार १६८ बिरामी सेवा लिन आएका अस्पताल स्रोतले जनाएको छ। सो अस्पताल २०३३ सालमा स्थापना भएको थियो। प्रभावकारी सेवा नपाएकै कारण बाध्य भएर बिरामी निजी स्वास्थ्य संस्थामा गएका सिलिचोङ गाउँपालिकाका युवा खेवाहाङ मेवाहाङले बताए।

उक्त अस्पतालमा अधिकांश स्थानीय कर्मचारीमात्र रहेकाले स्वास्थ्य मन्त्रालयले पटकपटक सरुवा गरे पनि राजनीतिक शक्तिको आडमा पुरानै ठाउँमा फर्केर आउने गरेका चैनपुर नगरपालिका–२ का खगेन्द्र अधिकारीको भनाइ थियो।  रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad