लण्डनमा नेपाल सेन्टर यूकेको स्थापना

बिहिबार, १२ बैशाख २०७६, १५ : २१ चिरन शर्मा  | @chiranuk

लण्डन - ब्रिटेनको ऐतिहासिक हाउस अफ लर्ड्समा नेपाल सेन्टर यूके नामक संस्थाको उद्घाटन गरिएको छ। बुधबार अपरान्ह आयोजित कार्यक्रम लाई सम्वोधन गर्दै लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेन तथा नेपालबीच सम्वन्ध बहुआयामिक रहेको बताए। उनले नयाँ संस्थाले नेपाल तथा ब्रिटेनबीच पूलको रुपमा काम गर्ने आशा पनि ब्यक्त गरे। गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले नेपाल तथा ब्रिटेनबीच कला तथा संस्कृतिको क्षेत्रमा सहयोग बढाउन गठन भएको सेन्टरको सफलताको कामना गरे।

काठमाडौं स्थित सेन्टर फर नेप्लिज कल्चर नेपाल सेन्टरका अध्यक्ष निर्मल कुमार थापाले संस्कृतिले मानिसहरुलाई जोड्छ भन्दै लन्डन पछि बेइजिङ्ग र दिल्लीमा पनि सेन्टरले शाखाहरु खोल्न लागेको जानकारी दिए।

नेपाल सेन्टर यूकेकि सदस्य डा संगीता श्रेष्ठले सेन्टरले ब्रिटेनमा नेपाली कला र संस्कृति झल्काउने नेपाल हाउस बनाउने, कला प्रदर्शनी तथा संस्कृतिक कन्सर्टहरू आयोजना गर्ने र निकट भविष्यमा एउटा मौलिक नेपाली रेस्टुरेन्ट स्थापना गर्ने बताइन। उनले यी उद्यमहरुबाट प्राप्त मुनाफा नेपाली संस्कृतिक गतिविधिको प्रवर्धन गर्न खर्च गरिने पनि जनाइन। सन् २०१९ मै नेपाली क्यालेन्डर प्रकाशन गर्ने, फिल्म फेस्टिवल आयोजना गर्ने, सन् १९८० भन्दा अघि ब्रिटेन आएका नेपालीहरु तथा सन् १९८० देखि सन् २००० को बीचमा ब्रिटेन आएका नेपालीहरुको अनुभव समेटेर दुइवटा पुस्तक यसै वर्ष प्रकाशन गरिने पनि सेन्टरले जनाएको छ।

सेन्टरका सदस्यहरु मनोज शर्मा तथा स्नेहा श्रेष्ठले सेन्टरको बारेमा थप जानकारी दिएका थिए। कार्यक्रममा गैरआवासीय नेपाली संघका सल्लाहकार डा. हेमराज शर्मा, व्यवसायी महेश श्रेष्ठ, लर्ड ब्राउन, एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, चर्चित गायक योगेश्वर अमात्य, गोर्खा ब्रिगेडका अधिकृतहरु , भारतीय मूलका ब्रिटिश व्यवसायीहरु लगायतको उपस्थिति थियो।

 







यसमा तपाईको मत


अन्य समाचार

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

गोयन्का ग्रुपको सेलो कुलर बजारमा

तीन वर्षयता संचालित गोयन्का ग्रुपले बजारमा ल्याएका प्रोडक्टहरु उपभोक्ताले अत्याधिक रुचाउँदै आइरहेका छन् । स्थापनाकाल देखि नै गुणस्तरयुक्त प्रोडक्ट बिक्रि...

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’  योजना

एनसेलले ल्यायो भारत भ्रमणमा ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ योजना

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्नेछन् । ग्राहकले...

कस्तो भ्याक्युम क्लिनर किन्ने ? -  भ्याक्युम क्लिनर खरिद गाइड

कस्तो भ्याक्युम क्लिनर किन्ने ? - भ्याक्युम क्लिनर खरिद गाइड

भ्याक्युम क्लिनर किन्दा के के हेरेर किन्ने ? कस्तो किन्ने ? ...

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता

सिटी एक्सप्रेस मनि ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंक बिच सम्झौता ...

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

अब कोरियन प्रबिधिको भुकम्प प्रतिरोधी सस्तो घर, ६० बर्ष टिकाउ

फेब्रिकेटेड भवन निर्माण सम्बन्धि सामान उत्पादन गर्ने कम्पनीले यसै उत्पादन शुरु गरेको हो ...

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

ढुङ्गा माटोको घरलाई कसरी भुकम्प प्रतिरोधी बनाउने?

घरको के को बनाउने भन्दा पनि घर बनाऊँदा के कस्तो कुरामा ध्यान दिनु भन्ने कुरा बढि महत्वपुर्ण हुन्छ । विधि...

डाबर नेपालको  रियल मिक्स्ड फ्रुट मसला

डाबर नेपालको रियल मिक्स्ड फ्रुट मसला

फ्रुट जुसको बजारमा आफ्नो बर्चस्व कायम गर्न सफल रियलले उपभोक्ताहरुलाई अझ बढी छनौट प्रदान गर्न चटपटा र स्पाइसी मसला स्वादका...

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

इटहरीमा अग्नि ग्रुपको विक्री कक्ष

अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रा.लि.ले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ । नयाँ स्थापना...