चार वर्षमा ३० प्रतिशत मात्र घर बने

बिहिबार, १२ बैशाख २०७६, १२ : २४ नागरिक

चितवन–भूकम्प गएको चार वर्ष पुग्दैगर्दा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन्। विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लाका सात हजार ३३५ घर पूर्णरूपमा क्षति भएका थिए। तीमध्ये दुई हजार २१५ घर मात्रै बन्न भ्याएका छन्।

भूकम्पबाट क्षति भएका घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार घर निर्माणले गति लिनसकेको छैन। कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार जिल्लामा रहेका लाभग्राहीमध्ये पहिलो किस्ता सम्झौता गर्नेमा पाँच हजार ८१० घरधुरी रहेका छन्। उनीहरुले पहिलो किस्तावापतको ५० हजार रुपैयाँ लगिसकेका छन्। यस्तै पहिलो किस्ता लानेमध्ये तीन हजार ८४२ घरधुरीले दोस्रो किस्तावापतको एक लाख ५० हजार रुपैयाँ लगेका छन्।

तेस्रो किस्तावापत लाभग्राहीलाई सरकारले निर्माणको काम सम्पन्न प्रमाणित भइसकेपछि एक लाख रुपैयाँ दिने प्रावधान बनाएको छ। जिल्लामा विसं २०७४ साउनमा कार्यालय स्थापना भएको भए पनि प्राविधिकहरु पुसबाट मात्रै कार्यक्षेत्रमा आएका कारण कामलाई चुस्त बनाउन नसकिएको नेपालले बताए। प्राविधिक कार्यक्षेत्रमा जानुअगाडि नै प्राधिकरणको मापदण्डविपरीत घर बनाउनु, वन क्षेत्रमा रहेका लाभग्राही र ऐलानी जग्गामा रहेका घरधुरीको विषयमा सरकारले निर्णय गर्न ढिलाइ गर्नुले कामलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको उनले जानकारी दिए।

विसं.२०७२ मा आएको बिनाशकारी भूकम्पका कारण जिल्लामा ५९३ घरधुरी आङ्शिकरूपमा क्षति भएका थिए। तीमध्ये ४३१ ले मात्र पहिलो किस्ता सम्झौता गरेको भए पनि दोस्रो किस्ताका लागि कोही नआएको उनले जानकारी दिए।

पुनःनिर्माण प्राधिकरणले गुनासो सुनुवाइका लागि आवेदन माग गरेको समयमा जिल्लाबाट छ हजार १८ उजुरी परेका थिए। परेका उजुरीमाथि गाँउमा गएर अनुगमन गर्ने काम भइरहेको छ। कार्यालयले जिल्लामा प्रभावकारी रूपमा काम गर्ने तीन वडालाई सम्मानका लागि प्राधिकरणमा सिफारिशसमेत गरेको छ।

सम्मानका लागि छानिएका वडा सबै इच्छाकामना गाउँपालिकाका रहेका छन्। गाउँपालिकाको वडा नं १, ३ र ४ सम्मानका लागि छनोट भएको नेपालले बताउनुभयो। रासस







यसमा तपाईको मत


अन्य समाचार

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

हुवावे माथि गुगलको प्रतिबन्ध - हुवावेका स्मार्टफोनमा गुगलका एप्सहरू नचल्ने

यस अन्तर्गत प्लेस्टोर, जिमेल, गुगल म्याप्स, युट्युब र अन्य सम्पूर्ण गुगलका सेवाहरू पर्छन् ...

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

ज्वेलरी एक्सपोको रौनक ( भिडियो )

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...