८ वैशाख २०८१ शनिबार
समाज

कर्णाली राजमार्ग : त्रासैत्रासको यात्रा

कर्णाली राजमार्गको कालिकोट खण्ड खल्लगाड। तस्बिर : डिबी

जुम्ला- सुर्खेत छिन्छुका हिमाल सिंह कर्णाली राजमार्ग हुदै पहिलो पटक जुम्ला आईपुगे। उनले कर्णाली सडक यात्रा निकै रमाईलो र सहज होला भन्ने ठानेका थिए। जब यात्रा शुरु भयो। तब कष्टपुर्ण यात्राको अनुभुति गर्न थाले। उनले भने,“कर्णाली सडकको दैलेख खण्डसम्म त ठिक ठिकै लाग्यो, तर कालिकोट खण्ड  प्रवेश पाउने बित्तिकै निकै कठिन यात्रा शुरु भयो। यात्राको हरेक पलमा आफ्नो परिवारजन सम्झन थाले। सकुसल जुम्ला पुग्ने मात्रै चिन्ता थियो। ”

कुखुरा ल्याएर आएका हिमाल राजमार्गमै दुई दिन लगाउनु परेकोमा दु:खी छन्। सुर्खेत जुम्लासम्मको यात्रा झण्डै ९ देखि ११ घण्टा सम्म सहजै पुग्न सकिन्छ। तर साँघुरो सडकले गाडी ओहोरदोहोर गर्न पनि असहज हुने भएकोले यात्रामा निकै ढिलासुस्ती हुने गरेको छ। उनले थपे,“कर्णालीमा संभावना निकै ठूलो छ। तर सहज आवतजावत गर्ने  सडक नहुँदा निकै सास्ती हुने गरेको छ। कर्णाली सडक स्तरउन्नती नहुँदा सडक खण्डमा पर्यटक अलपत्र पर्ने गरेका छन्। यो कर्णालीको लागि सबैभन्दा दु:खको बिषय हो।

कर्णाली राजमार्गको दैलेख खण्डदेखि कालिकोटको खल्लागाड खण्डसम्म झण्डै दर्जन बढि ठाउँमा सडक अवरुद्ध हुदै आएको छ। चन्दननाथ नगरपालिकाकी धनलक्ष्मी भण्डारी कर्णाली राजमार्गबाट आउजाउ गर्न निकै अफ्ठयारो मान्छिन्। कर्णाली सडकमा यात्रा हुने समयमा उनलाई राति निद्रा समेत पर्दैन्। उनले भनिन्,“सपनामा पनि जुम्ला सकुसल पुगेको मात्रै देख्छु। शरीर नै जिरिङ्ग हुन्छ। साँघुरो सडकमा भिरबाट हेरौँ तल तिला नदि बाहेक केहि देखिदैन्, माथि पट्टी हेरौँ कडा चट्टान,। उनले थपिन्,“कर्णाली मार्ग कर्णालीबासीका लागि काल नै बन्यो। कालबाट मुक्ति पाउन कर्णालीबासीले कहिले सकेनन्। राज्य कर्णालीको सडक प्रति बेखवर झै बनेको छ।  ”

कर्णाली प्रदेश सरकारले २०७५ साललाई रारा कर्णाली पर्यटन वर्ष घोषणा गर्यो। कर्णालीमा प्रायप्त पर्यटक भित्र्याएर आर्थिक समृद्धि हासिल गर्ने सपना बुन्यो। तर कर्णाली सडकले कर्णाली सरकारको सपना साकार हुन दिएन्। अहिले कर्णाली भित्रिने हरेक पर्यटक फेरी कर्णाली नफर्कने मनसाय बोकेर फिर्ता हुन्छन्। पर्यटक आउने कर्णालीमा वातावरण छ। सुन्दरताले कर्णाली भरिएको छ। तर कर्णालीमा पर्यटक आउने भरपर्दो सडक छैन्, उनले भनिन्,“ कर्णाली सरकार दुई लेन सडक बनाउने तर्फ ध्यान केन्द्रित गर्दैन्, संघीय सरकार टेरपुच्छर लगाउँदैन्। स्थानीय सरकारले सडक स्तरउन्नती गर्ने हैसियत राख्दैनन्,। ज्यानको जोखिम मोलेर  कर्णालीको यात्रा गर्न विवश छन्।

कर्णाली राजमार्ग सञ्चालन भएपछि साना ठूला गरेर सयौँ दुर्घटना भईसकेका छन्। यो सडकले यात्रुलाई सहजै रुपमा यात्रा गरेको अनुभुति दिलाएन्, ब्यवासायीलाई निर्बाध रुपमा सवारी चलाउने बातावरण सिर्जना गरेन्। नत स्तरउन्नती हुन सक्यो। नत बन्द। यो सडक  कर्णालीबासीको पीडा बनि रह्यो। ” कर्णाली राजमार्गका बिभिन्न स्थानमा सडक उप्किसकेको छ।  राजमार्गमा ट्राफिक चिन्ह पनि देखिदैनन्। क्षमता भन्दा बढि यात्रु कोचारीराखेका छन्। अधिकांस खोलामा बर्षामा पानीबढेर तर्न सकिने अवस्था रहदैन्।

कर्णाली राजमार्गको दहिखोला, गगने खोला र खल्लागाड खोला बर्षातमा कर्णालीबासीका अवरोधक बन्दै आईराखेका छन्।  नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महत कर्णालीको सडक प्रति राज्य बेखवर हुनु पीडा गर्न लायक बिषय बनेको बताउँछन्। यो सडक नियमित र सरल हुन सकेको खण्डमा आर्थिक समृद्धिको आधार भनेकै कर्णाली हुनेछ, उनले भने,“तर कर्णाली अहिलेसम्म रोग, भोक, अशिक्षाको घेराबाट बाहिर निस्कन सकेन्। फलस्वरुप कर्णाली राजमार्गको दुरगति हेर्दा सहजै रुपमा अनुमान लगाउन सकिन्छ्।” सुर्खेत, जुम्ला हवाई सेवा बन्दछ। नियमित राजमार्ग खुल्दैन्। यात्रु अलपत्र हुने अवस्था छ। उनले तत्काल कर्णाली राजमार्गको स्तरउन्नतीका लागि माग गरे।  आकाशबाट पानीका छिटा पर्ने बित्तकै कर्णाली सडक बन्द भईहाल्ने र बन्द खुलाउने औजार उपकरण नहुदा हप्तौ यात्रु अलपत्र हुने गरेको यात्रु बताउँछन्।

 

प्रकाशित: १२ वैशाख २०७६ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App